शनिबार , अषोज ९, २०७८

घाँस काटिरहेकी महिलालाई पछाडिबाट हवाइजहाज आएर ठक्कर दिएर मारिदियो

घाँस काटिरहेकी एक महिलालाई पछाडिबाट हवाइजहाज आएर ठकर दिँदा महिलाको मृत्यु भएको छ । यी २७ वर्षकी महिलाले दिउँसो करिब १ बजे क्यानडाको मोन्टारियलमा रहेको सेन्ट स्पिरिट एयरफिल्ड नजिकै ट्रेक्टर चलाएर घाँस काटिरहेकी थिइन् । त्यही बेला पछाडिबाट आएको एउटा सानो हवाइजहाजले महिलालाई ठक्कर दियो ।

यो एयरफिल्म मोन्टारियल सहरबाट ३५ माइल टाढा छ । यी महिला यो एयरफिल्डको स्याहारसम्भार गर्ने कम्पनीमा काम गर्थिन् । घटनापछि महिलालाई अस्पताल लगियो जहाँ उनलाई मृत घोषित गरियो । घटनामा पाइलटलाई चोट लागेको छैन तर घटनापछि उनी त्रासमा छन् । सीएनएनसँग कुरा गर्दै क्युबेक महानगरीय पुलिसका प्रवक्ता मार्क टेसियरले बताएअनुसार अहिलेसम्म प्राप्त जानकारीअनुसार महिला ट्रेक्टरमा बसेर घाँस काटिरहेको थाहा भएको छ ।

मार्कका अनुसार यो विमान चीनमा बनेको नेनचेंग सीजे – ६ हो । विमानको पखेटाको जुन भाग महिलासँग ठोक्किएको थियो त्यो भागमा क्षति भएको देख्न सकिन्छ । यो एक निजी विमान थियो र विमान उडाइरहेका पाइलट नै यसका मालिक पनि थिए । ट्रान्सपोर्टेसन सेफ्टी बोर्डका प्रवक्ता साइमन पियरेले सीटिभीसँग कुरा गर्दै अहिले जाँच भइरहेको र पूरै जाँचपछि मात्रै कुनै नतिजामा पुग्न उचित हुने बताए । डिसि नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय