बिहिबार , भाद्र ३१, २०७८

श्रीमान् परदेशमा, श्रीमती नेपालमै पौरख गरेर कमाउँछिन महिनाको ५ लाख भन्दा बढि: हेर्नुहोस कसरी

परिश्रम गर्ने हाे भने परदेशकाे भन्दा स्वदेशमै राम्राे कमाइ गर्न सकिन्छ भन्ने उदाहरण अचेल गाउँघरतिर धेरै भेटिन थालेका छन् ।
तिनै उदाहरणमध्येकी एक हुन् लमजुङ सुन्दरबजार नगरपालिका–८, डुँड्कुलाकी सिर्जना कमली कार्की ।श्रीमान् राजु कार्की लामो समयदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ ।

परदेशमा श्रीमानको काम र कमाइ दुवै राम्रै छ ।
तर श्रीमानको मात्र कमाइको भर गर्नुहुँदैन । समय त्यसै खेर फाल्नु हुँदैन । आफूले पनि सकेको श्रम–पसिना बगाएर केही उद्यम गर्नुपर्छ भन्ने सोचेर सिर्जनाले चिती बान्द्रेमा व्यावसायिक कुखुरापालन र तरकारी खेती सुरु गर्नुभएको छ ।

त्यसै समय खेर फाल्नुभन्दा केही पौरख गरौँ भनेरै कुखुरापालन गरेको हुँ,’ सिर्जनाले भन्नुभयो, ‘एउटाको मात्र कमाइको भर गर्नु हुँदैन । सबैले सकेको उद्यम गर्नुपर्छ । त्यसैले श्रीमानकै सल्लाह र हौसलामा कृषि कर्ममा लागेको हुँ ।

लमजुङको बेसीशहर नगरपालिका–११, चिती बान्द्रेमा उहाँले चार रोपनी जग्गामा व्यावसायिक रुपमा लेयर्स कुखुरा पाल्नुभएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय