शुक्रबार , अषोज ८, २०७८

अब बिदेश जादा र बिदेशबाट आउँदा ठगीनु पर्दैन, यसरी आफै टिकट बुक गर्नु होस् !

काठमाडौं : हिमालय एअरलाइन्स्ले आफ्नो फ्लाईट टिकटको अनलाइन बुकिङ सेवा सुरु गरेको छ ।

नेपाल–चीन दुई देशको संयुक्त लगानीमा सञ्चालित एक निजी एअरलाइन्स् कम्पनी हिमालय एअरलाइन्सले हालै आफ्नो अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेको हो । ग्राहकहरूले एअरलाइन्सको वेभसाइटमार्फत टिकट बुकिङ गर्न सकिने जनाइएको छ ।

अहिले यो सेवा आफ्नो प्रारम्भिक चरणमा भएकोले कनेक्ट आइपीएस प्रयोग गर्ने ग्राहकहरूले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण –पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिन सकिने एअरलाइन्सले जनाएको छ ।

अनलाईनमार्फत नै ब्यागेजको पूर्व विुकिङ्ग, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता आगामी चरणहरू मार्फत् नविनतम सेवा सुरु गर्ने योजनासमेत बनाएको कुरा विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय