शुक्रबार , अषोज ८, २०७८

सुजिताका छिमेकी दिदीहरु रु*दै खुलाए स त्य त थ्य || संखाको सु ई यता तिर || सुजिता भण्डारी (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस् प्रदेश २ सरकार आफैंले चलाउने भनेर एक वर्षघि ३ करोडभन्दा बढी रकममा खरिद गरेका पाँचवटा वातानुकूलित बस प्रयोगविहीन बनेका छन्। जनकपुरस्थित जनकपुर चुरोट कारखाना लिमिटेड परिसरको खुला ठाउँमा राखिएका प्रदेश परिवहन घाम र पानीले बिग्रिन थालेका छन्।

तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशका आठै जिल्लालाई जोड्ने गरी यी बस सञ्चालनमा ल्याइने बताएका थिए। सोनलले चार महिनाअघि मन्त्रालयमै पत्रकार सम्मेलन गरी प्रदेश परिवहन सञ्चालन कार्यविधि निर्माण सम्पन्न हुन लागेको जानकारी दिएका थिए। चाँडै बस सेवा सञ्चालन हुने उनको भनाइ थियो।

‘प्रदेश परिवहन चलाउनका लागि सञ्चालन समिति गठन गरिनेछ। सोही समितिले भाडादर पनि निर्धारण गर्नेछ’, सोनलले भनेका थिए, ‘समितिलाई सरकारले निर्देशिका उपलब्ध गराउनेछ। सोहीअनुसार सार्वजनिक यातायातभन्दा कम दरमा सरल, सुलभ, सुरक्षित र व्यवस्थित तरिकाले प्रदेश परिवहन सञ्चालन हुनेछ।’ तर, सोनल मन्त्री पदबाट हटेपछि प्रदेश परिवहन योजना अलपत्र परेको छ।

जनता समाजवादी पार्टी (जसपा)मा दुई खेमा भएपछि महन्थ ठाकुर पक्षधर नेता सोनललाई मुख्यमन्त्री लालबाबु राउतले मन्त्री पदबाट बर्खास्त गरेका थिए। सोनलको स्थानमा कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन्। नवनियुक्त मन्त्री यादव भने प्रदेशमा बस सेवा सञ्चालन गर्ने योजना नै बेकार रहेको तर्क दिन्छन्।

‘यी बस बिनायोजना खरिद गरिएका हुन्। सरकारले यातायात सञ्चालन गर्नुको कुनै तुक छैन’, मन्त्री यादव भन्छन्, ‘प्रदेश परिवहन के गर्ने भन्ने विषयमा सोचविचार भइरहेको छ। तर, यी बसहरूलाई अन्य कामका लागि विभिन्न संस्थालाई वितरण गर्ने हो कि भन्नेतर्फ पनि छलफल गरिरहेका छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय