बिहिबार , अषोज ७, २०७८

काजल जोशिको पहिलो दोहोरी, जस्ले ईन्द्रेणी सम्म पुगाउन मदत गर्यो (भिडियो सहित)

काजल जोशिले गाएको पहिलो दोहोरीले काजलको गाजलको यात्रा चर्चित दोहोरी कार्यक्रम ईन्द्रेणी सम्म पुगाउन मदत गर्यो । काजल जोशिको अन्तर्वार्ता,दोहोरी २ बर्ष पहिले टिकापुरमा नेपाल डायरी र हेल्लो टिकापुरको संयुक्त प्रस्तुतिमा बनाईएको थियो । स्थानिय प्रतिभाहरु लाई समेट्नु पर्छ भन्ने हेतुले हेल्लो टिकापुर र नेपाल डायरीले धेरै स्थानिय प्रतिभा मिडियामा ल्यायो । तेसै सिलसिलामा काजल जोशि टिकापुरमै पढ्दै र रेडियोमा काम गर्दै गर्दा हामि संग सम्पर्क भयो र मिडियामा ल्यायौ ।

उक्त पहिलो अन्तरवार्ता धेरैले मन पराएपछि काजल जोशि एकाएक भाइरल भईन् । काठमाडौं बाट भिडियो लिन साथिहरु आउनुभयो, दर्शकको मन जितिन् ईन्द्रेणीकै अर्को कार्यक्रम ईन्द्रेणी समाजमा पहिलो दोहोरी गाईन् उक्त दोहोरी दर्शकले खासै मन पराएनन्, करिब एक बर्ष ब्याक भईन् संघर्ष गरिरहिन् ।

अहिले फेरि काजल जोशिका दोहोरीहरु युट्युबको ट्रण्डिङमा आईरहेका हुन्छन् । इन्द्रेणीमा काजलले गाएका सबै दोहोरीहरु दर्शकहरुले उत्तिकै मन पराएकाछन् । गायक क्षत्र शाहि संगका दोहोरी धेरै रुचाईएकाछन् ।

नेपालकै चर्चित दोहोरी कार्यक्रम ईन्द्रेणी सम्मको यात्रा पक्कै पनि सहज थिएन होला तर पनि काजल जोशिले म दोहोरी गाउन सक्छु भनेर देखाइदिईन् र दर्शकलाई आफ्नो दोहोरी तर्फ तानिन् । भिडियो हेर्नुस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय