बिहिबार , भाद्र ३१, २०७८

आधा घण्टामा आउँछु भनेर घरबाट ब्वाइफ्रेण्डसँग निस्केकी २१ वर्षीय बिना सापकोटा बे’पत्ता

चितवन : असार १४ गते अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी बिना सापकोटा विगत ८ दिनदेखि बे’पत्ता भएकी छन् ।गैँडाकोट नगरपालिका – ४ जनक कलेज पछाडि झपर्दी चोककी २१ वर्षीय बिना सापकोटा अहिलेसम्म घर नफर्किएको बाबु जयश्वर सापकोटाले जानकारी दिए ।

उनका अनुसार सो दिन प्रवेश कँडेलले बिनालाई गैंडाकोटस्थित घरैबाट स्कुटरमा राखेर लगेका थिए । सापकोटाले भने, ‘ असार १४ गते आधा घण्टामा आउँछु भनेर उनको ब्वाइफ्रेण्डसँग गएकी हुन् । अहिलेसम्म फर्किएकी छैनन् । उनलाई कतै पनि भेटिएको छैन ।
छोरीलाई गौरीगञ्जमा लगेर कु’टेको भन्ने सुनेको हो । कहाँ छ के छ केही थाहा छैन । केटाले दुईवटा केटीलाई प्रेम गर्ने कुरा थाहा भएपछि यो समस्या आएको हो ।’ उनले भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेलसँग केही वर्षदेखि छोरीको प्रेम सम्बन्ध रहेको र दुई वर्षपछि विवाह गर्ने केटाको परिवारले भन्दै आएको जानकारी दिए ।

बिनाले फेसबुकमा देखिने रिलेशनसिप स्टाटस मा ‘रिलेशन विथ प्रवेश कँडेल’ उल्लेख गरेकी छन् । प्रवेशले पनि फसबुकमा ‘रिलेशन विथ बिना सापकोटा’ उल्लेख गरेका छन् । बेलायतमा रहँदै आएका प्रवेश वैशाखको दोस्रो हप्ता नेपाल आएका थिए ।

उनले छोरी चारदिनदेखि घर नफर्किएपछि असार १८ गते साँझ फेसबुकमा एउटा स्टाटस पोस्ट गरेर छोरी ह’राएको बारेमा सूचना सार्वजनिक गरेका थिए । सूचना सार्वजनिक गर्दा पनि कसैले उनको बारेमा जानकारी दिएनन् । दुई छोरी र एक छोरामा बिना जयश्वरको कान्छी छोरी हुन्।

प्रवेश नेपाल फर्किएपछि चारदिनसम्म बिनाको घरमा नै बसेको परिवारिक स्रोतले जनाएको छ ।प्रवेश र विनाको प्रेम सम्बन्धको कुरा दुवै परिवारलाई थाहा थियो । प्रवेश बिनाको घरमा बेलाबेलामा पुगिरहन्थे ।को जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय