मंगलबार , माघ ४, २०७८

देशभित्र नै रोजगारी सृजना गरि छोरा-छोरीलाई विदेश पठाउन बन्द गर्नुपर्छ:प्रधानमन्त्री ओली

काठमाडौँ –प्रम केपी शर्मा ओलीले देशभित्र रोजगारीका अवसरहरु सृजना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नु पर्ने बताएका छन्।सप्तरीको राजविराजमा बन्न लागेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार भुर्चअल शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

सबै जनता मिलेर नै देशको विकास गर्नु प्रमुख कर्तब्य भएको बताउँदै उनले भने, ‘अब देशभित्र रोजगारीका अवसरहरु सृजना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नु पर्छु।’थुप्रै ऐतिहासिक महत्व बोकेको सप्तरी अब उप्रान्त पछाडी परेको जिल्लाका रुपमा नरहने प्रधानमन्त्रीले बताए।

प्रतिष्ठान सप्तरीमा आजसम्म बनेका विकास परियोजना मध्ये सर्वाधिक ठूलो परियोजना बन्न जाने बताए। प्रतिष्ठानको स्थापनासँगै जिल्लामा स्तरीय चिकित्सा शिक्षाको अवसरका साथै अन्य आर्थिक गतिविधि तीव्र हुने धारणा पनि प्रधानमन्त्रीको थियो।

पहिलो पटक आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको कुरा अघि बढाएको र निकट भविष्यमा सञ्चालन हुने पूर्वपश्चिम रेल र निर्माणाधीन सुनकोशी मरिन डाइभर्सनले सप्तरीमा समृद्धिका आयाम थप गर्ने भनाइ प्रधानमन्त्रीको थियो।

प्रधानमन्त्रीले प्रदेश २ को राजनीतिक समीकरणतर्फ संकेत गर्दै राजनीतिक विचार आआफ्ना हुने भए पनि एक अर्का प्रति सहिष्णु हुँदै जनताका साझा समस्याको मिलेर समाधान गर्नुपर्ने पनि बताए। सप्तरीको पश्चिमी क्षेत्रमा सुनकोशी मारिन डाइभर्सनले सिँचाइको सुविधा पुर्‍याउने पनि प्रधानमन्त्रीले उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय