शुक्रबार , अषोज ८, २०७८

निशालाई अपरिचित ब्यक्तिले अस्पताल भित्र पसेर जुस खुवाएपछि निशाको अवस्था बिग्रियो

नर्भिक अस्पतालमा उपचाररत निशालाई अपरिचित ब्यक्तिले अस्पताल भित्र पसेर जुस खुवाएपछि निशालाई के भयो ? आफन्त फेरी निदाउन नसक्ने अवस्थामा पुगे

जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी, तीन वर्ष नभएसम्म बीमालेख त्याग्न नपाउने : बीमा समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले बीमालेख स्वीकृति प्रकृयालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपमा कायम गर्न बीमा ऐन अनुसार निर्देशिका जारी गरेको जनाएको छ ।

निर्देशिका अनुसार अब बीमालेख तयार पार्दा बजार अनुसन्धानको प्रतिवेदन, जोखिमको पहिचान, आंकलन तथा न्युनीकरण सम्बन्धी योजना, बीमालेख बजारीकरण योजना र न्युनतम ३ वर्षको वित्तीय प्रक्षेपण बीमालेखको व्यवसायिक योजना तयार पार्नु पर्दछ ।

बीमा कम्पनीले बीमालेख अन्तर्गत ३ वर्षको बीमाशुल्क प्राप्त भएपछि मात्रै (एकल बीमालेखको हकमा पनि) बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखि ऋण लिन पाउनेछन् । जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को पुर्ण पाठ यहाँ क्लिक गरेर पनि हेर्न सकिनेछ ।

यूरो र कोपा अमेरिका कपले बढायो नेपालको इन्टरनेटमा ट्राफिक, प्रतिसेकेन्ड ४९ जीबीसम्म पुग्यो : नेपालमा अहिले चलिरहेको युरो तथा कोपा अमेरिका कपले नेपालको इन्टरनेट ट्राफिक ह्वातै बढाएको छ । विशेषगरी नेपाली समय अनुसार रातिको समयमा हुने यी खेलका कारण इन्टरनेट व्यान्डवीथ अत्याधिक खपत भइरहेको पाइएको हो ।

अहिले दुवै फुटबल कपको सेमिफाइनल गेम चलिरहेको छ । फुटबल चलिरहेको कारण अघिकांश मानिस फुटबल हेर्नकै लागी भएपनि नसुत्ने र इन्टरनेट तर्फनै ध्यान केन्द्रीत गर्दा नेपालको इन्टरनेटमा प्रेसर परेको हो ।गत क्वाटर फाइनलदेखि इन्टरनेट सेवा व्यापक रुपमा प्रयोग भएको पाइन्छ । नेपालको आन्तरिक इन्टरनेट ट्राफिक उकालो लाग्दै गएको इन्टरनेट एक्सचेन्ज नेपालले जनाएको छ ।

अहिले झन अन्तिम गेमहरु चलिरहेको समयमा फुटबल प्रेमिको ध्यान त्यसै तर्फ भएको कारणपनि ट्राफिक बढ्दै जाने अनुमान गरिएको छ ।हाल नेपाल भित्रको इन्टरनेट ट्राफिक मापन इन्टरनेट एक्सचेन्ज नेपालले गर्ने गरेको छ । जसका अनुसार अहिले दैनिक इन्टरनेटको ट्राफिक ४९.८८९ जीबीसम्म पुगेको छ ।

हालसम्म नेपाल भित्र यति धेरै इन्टरनेट प्रयोग नभएको एनपीआईएक्सका भनाई छ ।युरो कप तथा कोपा कप सुरु भएपछि एकैपटक इन्टनेटको प्रयोग बढ्ने गरेको छ । यो सँगै नेपालको इन्टरनेटले पहिलो पटक यति धेरै इन्टरनेट प्रयोगको रेकर्ड समेत राखेको छ ।

अघिपछिको समयमा प्रतिसेकेन्ड १० देखि १२ जीबीसम्म इन्टरनेट ट्राफिक पुग्थ्यो । यो भन्दा अघिको बिश्वकपमा ३० जीबीपीएससम्म पुगेको थियो । पछिल्लो समय केबल टेलिभिजन भन्दापनि आईपी टिभिबाट फुटबललगायत सबै सामाग्री ग्राहकले हेर्ने गरेकाले पनि इन्टरनेटको चाँप धेरै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय