शनिबार , अषोज ९, २०७८

सुजि’ताको ह’ त्यारा प’त्ता नल’गाई श’ व उठाउन दि’दैनेों भन्छन् स्थानिय, घट’ना’स्थल यस्तो छ

सुजिता भण्डारी प्रकरण : मलाई बचाउनु भनेर बिलौना गर्दै फोन गरेर जानकारी समेत दिएकी छोरीलाई बचाउन नसकिएको भन्दै आमा अम्बिकाले बिलौना गरेकी छन् । ‘ नानी यहाँबाट हिँडिछे । आफूलाई थाहा छैन । धानको रोपाइँ भएकाले हामी हिँड्नु परिगो । नानीहरू घरमै थे । उनीहरू बिहान आफ्नै सुरले उठ्ने हो । मैले हेर्दा पनि हेरिनँ । त्यो दिन नानी कतिखेर गई मलाई थाहा छैन । बुबालाई, दिदीलाई पनि थाहा छैन । नानी गई ।

यहाँबाट गइसकेपछि साथीको घर पुग्नेबित्तिकै बीचमा त्यस्तो भएछ । १२ बजे दिदीलाई कल गरिछे । आँखामा पट्टी बाँधेको छ, मलाई कता लगे कता, छिटो बचाऊ भनिछ नानीले । त्यसपछि गाउँघरमा सबैतिर गएर धेरै खोजीतलास भयो । नानी भेटिइन् । उसको खुशीले हिँडेको पनि हुन सक्छ नि, भन्ने कुरा भयो । अ प ह र ण गरेको व्यक्तिले कसरी फोन गर्छ भन्ने भयो । साँच्चिकै मा’र्न लगेको रहेछ ।

बाँकी यो पनि
काठमाडौं । नेकपा एमालले माधवकुमार नेपालसहितका ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने ११ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय हो।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विपक्षी दलको नेतालाई प्रधानमन्त्री बन्न सहयोग गर्नेहरुलाई स्पष्टीकरण सोध्ने बैठकले निर्णय गरेको छ’ ज्ञवालीले भने,‘ उनीहरुको जबाफ अनुसार थप कारबाही अघि बढाउने निर्णय भएको छ। नेता नेपाल लगायतका एमालेका २६ सांसदले प्रधानमन्त्रीमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका १५ जना नेतासँग भने स्पष्टिकरण मागिएको छैन। देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरुलाई स्पष्टीकरण नसोधिएको ज्ञवालीले बताए।

हस्ताक्षर गरेको भनिएका केहीले माधव नेपाललाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको र देउवाका लागि नगरेको बताएको ज्ञवालीले सुनाए। लिखित स्पष्टीकरण सोधेका मध्ये नेपाल, खनाल र रावल वाहेक बाँकी सबै समानुपातिक सांसद हुन्। सोमबार बिहानसम्म स्पष्टीकरण दिन भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय