शनिबार , अषोज ९, २०७८

बिदेश जाने र फर्किनेको लागि थप सहज बन्यो,सिसिएमसी को बैठकले गर्यो यस्तो निर्णय

काठमाडौ । आज बसेको सिसिएमसीको बैठक वैदेशिक रोजगारको क्षेत्रलाई थप सहज बनाएको छ । बिदेशमा अलपत्र नेपालीलाई तत्काल नेपाल ल्याउने, चर्को भाडा असुल्ने एयरलाइन्स लाई सचेत पार्ने र बिदेश बाट फर्किने र बिदेश जाने कामदारको लागि थप सहज बनाएको हो । त्यस्तै काठमाडौँ उपत्यकाको जनजिवन अब अझै सहज हुने भएको छ । आइतवार प्रमुख जिल्ला अधिकारीहरुले फेरि एक साता निषेधाज्ञा थप गर्दै अझ खुकुलो बनाउने निर्णय गरेका छन् ।

अब उपत्यकामा सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन् । यस अघि २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक सवारी साधन मात्र जोर विजोरमा संचालको अनुमति दिइएको थियो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले एक साता निषेधाज्ञा थप गर्दै सफा टेम्पो र माइक्रो बसलाई पनि चल्न दिने निर्णय गरेको हो ।

यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएको थियो । अब असार २२ गते (मंगलबार) देखि भने टेम्पो र नीलो माइक्रो बस पनि चल्ने भएका हुन् । बैठकले स्वीकृत सिट क्षमता अनुसार टेम्पो र निलो माइक्रोलाई पनि चल्न दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय