शुक्रबार , अषोज ८, २०७८

विदेशबाट नेपाल आउनेलाई भर्खरै आयो खुसिको खबर,सबैले अनिवार्य हेर्नुहोला !

काठमाडौं : मन्त्रिपरिषद्को निर्णयपछि नेपाल सरकारले अघिल्लो साताबाट सीमित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानहरूको निम्ति अनुमति प्रदान गरेपनि पहिलेजस्तै नियमित उडानका लागि भने केहीसमय लाग्ने देखिएको छ । जुलाई १ बाट नियमित उडानहरूलाई बढी प्राथमिकतामा राखिने भएको छ भने चार्टड उडानहरु कम हुँदै जाने देखिएको छ ।

जुलाई १ बाट हप्तामा बुधवार र शुक्रवार भारतको दिल्लीका लागि उडान हुनेछ भने आइतवार, सोमवार, बुधवार र शनिवार कतारको दोहाका लागि नेपाल वायुसेवा निगम र कतार एयरवेजको उडान हुनेछ।

दुबईका लागि साताको तीनवटा र सारजाह विमानस्थलमा एउटा उडान हुनेछ भने साउदी अरेबियाको दमाम विमानस्थलमा हिमालय एअरलाइन्सको दुईवटा उडान हुनेछन् । त्यस्तै कुवेतमा पनि दुईवटा उडान सञ्चालन गरिने भएको छ ।

ओमानको मस्कटमा एउटा, मलेशियाको क्वालालम्पुरमा साताको तीनवटा र जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा उडान हुने भएको छ । टर्कीको इस्तानबुलमा दुईवटा उडान हुनेछन् ।

नेपालमा कोरोनाभाइरसको डेल्टा प्लस भेरिअन्ट देखा परेको भन्दै टर्कीले नेपालसहित सातवटा देशबाट अर्को सूचना नभएसम्मका लागि त्यहाँका हवाई यात्रीलाई आफ्नो देशमा प्रवेश नदिने जनाएपनि ट्रान्जिटमा भने समस्या नहुने जनाइएको छ ।

क्वा’रे’न्टीनको मापदण्डमा परिवर्तन

नेपाल आउनेहरुका सन्दर्भमा क्वा र न्टीनको मापदण्डमा को भिड ने गे टिभ रिपोर्ट भएका र खोप लगाएका व्यक्तिहरूका लागि नयाँ व्यवस्था गरिएको छ । पूरा मात्रा खोप लगाएको वा पीसीआर ने गे टि भ प्रमाणित भएको पुष्टि हुने आधिकारिक प्रमाण जनाउने कागजपत्रसहित नेपाल आउने व्यक्तिहरूले अनिवार्य रूपमा घरमा नै १० दिन क्वा रन्टी नमा बस्न मिल्ने निर्णय गरिएको छ। उनीहरु सिधै घर जान पाउनेछन् ।

आफन्तको अ न्तिम सं स्का रमा सहभागी हुन आएका व्यक्तिहरू, अस्पताल र वडा कार्यालयको सिफारिससहित ने गे टिभ एन्टीजन प्रमाणपत्र भएका व्यक्तिहरू, आधिकारिक सिफारिस सहितका सरकारी कर्मचारी र कूटनीतिक नियोगका अधिकारी लगायतलाई १० दिन घरमा बस्न मिल्नेगरी जान दिइनेछ । अन्यले सात दिनको होटल बु किङको प्रमाण देखाउनुपर्छ भने उनीहरु होटल क्वा रेन्टी नमा बस्नुपर्छ ।

हो टेल क्वा र न्टीन र घरमै क्वारन्टीनमा बसेका व्यक्तिलाई नेपाल प्रवेश गरेको सात र ११ दिनमा पी सीआर प रीक्षण गराउन भनिएको छ भने नियम मिच्नेलाई कोभिड१९ स ङ्क ट व्य वस्था पन अ ध्या देशअन्तर्गत का र बा ही गरिने चे ता व नी दिइएको छ।

अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (सूचीसहित)

नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जुलाईदेखि सुरु हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ ।

एक महिनाका लागि प्रतिसाता २१ अन्तर्राष्ट्रिय उडान हुने गरी तालिका सार्वजनिक भएको हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र दक्षिण कोरियाका लागि निश्चित संख्या तोकेर नियमित उडान खुला गरेको हो ।

अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुवै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन् ।नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ । अनलाइन स्टार टिभि डटकम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय