शुक्रबार , अषोज ८, २०७८

नेपालगञ्जमा जन्मिएका शाहले पाउँदैछन् बेलायती महारानीबाट यति ठूलो सम्मान

नेपालगञ्जमा जन्मिएका एक बेलायती गोरखा अधिकृतले उच्च सम्मान पाउने भएका छन् । क्याप्टेन विवेकजंग शाहले बेलायती महारानीको जन्मोत्सवको अवसरमा पाउने भएका हुन् । शाह हाल बेलायती सेनाको क्वीन्स ओन गोरखा लजिस्टिक रेजिमेण्ट (क्यूओजीएलआर) मा कार्यरत छन् ।

क्याप्टेन विवेकजंग शाहको नाम महारानीको जन्मोत्सवमा मेम्बर अफ द अर्डर अफ द ब्रिटिश इम्पायर (एमबीई) सम्मान पाउनेको सूचीमा परेको भन्दै बेलायती रक्षा मन्त्रालयले उनलाई बधाई दिएको छ ।

शाहलाई स्थानीय समुदाय र आर्मी रेजिमेण्टलाई जोखिमपूर्ण पूर्वाधार परियोजनाहरुमार्फत निपूण तवरले जोडेकोमा सो सम्मान दिइएको बेलायती सेनाले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ । उनले ती योजनाहरु स्थानीय एबिङडोनमा गरेको बताइएको छ । जहाँ क्यूओजीएलआरको सहयोग दस्ता अवस्थित छ ।

शाहले आफ्ना पुर्खाहरुले बेलायत र महारानीलाई दिएको योगदानलाई निरन्तरता दिनु र त्यसलाई कायम राख्नु आफ्नो कर्तब्य भएको बताएका छन् । साँस्कृतिक चेतनामार्फत सबैलाई एकीकृत गर्नु र समाजमा शान्ति र प्रेमको सन्देश छर्नु नै आफ्नो लक्ष्य रहेको उनले बताएका छन् । उनले यस सम्मानप्रति खुशी ब्यक्त गरेका छन् भने आफ्नो र सिंगो समुदायको लागि यो गौरवको क्षण भएको बताएका छन् ।

शाह सन् १९९९ मा गोरखा सैन्यमा भर्ती भएका थिए । उनले कोसोभो, अफगानिस्तान, इराक लगायतका सातवटा बेलायती सेनाका मिसनमा सहभागी भएका छन् । सम्मान पाउनेको सूचीमा परेको थाहा पाएपछि शाहले आफ्नो मिहिनेत र समर्पण नेतृत्वले बुझेकोमा खुशी लागेको बताएका छन् । यो आफूले कल्पना गरेको सबैभन्दा ठूलो अवार्ड भएको पनि उनले प्रतिक्रिया दिए । खबर नेपाली डटकम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय