बिहिबार , भाद्र ३१, २०७८

१४,असार रोल्पा : अनलाइन टिभि पत्रकार संघ रोल्पाको अध्यक्षमा भुवन थापा चयन हुनुभएको छ । आज रोल्पाको होलेरीमा आयोजीत अनलाइन पत्रकारहरुको भेलाले भुवन थापाको अध्यक्षतामा एकजना पछि थप गर्ने गरी १३ सदश्य नयाँ तदर्थ कार्यसमीती चयन गरेको हो । जस्को उपाध्यक्षमा मिलन रोकामगर सचिवमा रबिन्द्र पुन,सह सचिवमा मोहन डागीँ कोषाध्यक्षमा बलविर नेपाली रहेका छन भने सदस्यहरुमा दिल मगर,चेतमान वाठा, विरेन्द्र घर्ति, अमृत वली, खगेन्द्र पुन, भुपेन्द्र घर्ति र ज्ञान वहादुर पुन चयन भएका हुन ।त्यस्तै सल्लाहाकार समितिमा २ जना पछि थप गर्नेगरी नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष सन्तोष शर्मा र सहसचिव भिम वलीलाई चयन गरीएको छ ।

नेपाल अनलाइन टिभि पत्रकार संघका सस्थापक केन्द्रीय सदस्य तथा भेलाका केन्द्रीय प्रतिनिधी अमृतमान वलीको अध्यक्षता एव रुन्टीगढी गाउँपालीकाका अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष सन्तोष शर्मा,नेकपा माओवादी प्रदेश कमिठि सदश्य गोविन्द पुन नजर नेपाली काग्रेस रुन्टीगढीका सचिव चेतलाल खत्री,दाङका पत्रकार सुजल जि.एम लगायत अनलाइनमा आवद्ध २० जना पत्रकारहरुको सहभागी रहेको थियो ।

भेलालाई सम्बोदन गर्दै कार्यक्रमका प्रमुख अतिथी बुढाले संगठीत नयाँ टिमलाई निस्पक्ष भएर जनताको आवाज वोल्न आग्रह गर्नुभयो साथै पत्रकारीताको धर्मलाई नविर्सीएर आफना गतिवीधि वढाउनुपर्नेमा जोड दिनुभयको थियो । त्यस्तै भेलालाई भर्चुअल प्रविधि मार्फत सम्बोदन गर्दै संघका केन्द्रीय अध्यक्ष जिवन भण्डारीले यस्लाई पछिल्लो चौथो पुस्ताको पत्रकारीताको अभ्यास भएको भन्दै यस्को जिवन्तका लागी जोडीने एकतावद्ध हुने सवैलाई धन्यावाद आभार प्रकट गर्दै यस्का नितीगत विषयमा समेत वताउनुभएको थियो,अनलाइन पत्रकारीताको पछिल्लो टिकाटिप्पनीप्रति ध्यानाकर्षण गराउदै भइरहेका गल्ती कमिकमजोरीलाई सच्चाउदै व्यवस्थीत,व्यवसायीक,मयार्दीत र जिम्मेवार वनाउनकै लागी सङ्गठनको निर्मान गरीएको समेत स्पष्ट पार्नुभयो,पत्रकार रविन्द्र पुनको स्वागत मन्तव्यवाट सुरुभएको उक्त कार्यक्रममा सहभागी अन्य अतिथीहरुले संघलाई शशक्त रुपमा लैजान सुझाव दिदै अनलाइनमा भैरहेका व्यतिथीलाई समेत निवारन गर्नपर्नेमा जोड दिएका थिए । साथै केन्द्रीय प्रतिनिधी वलीले करीव २ वर्ष अगाडी संगठीत भइ नितिगत रुपमै दर्ता आधिकारीकता पाएपनि यस सस्थाले कोभिडका कारण देशैभर संघठन विस्तार गर्न नसकेको जानकारी गराउनुभएको थियो । अव भने यस्को देशका सवै जिल्लामा गठन प्रक्रिया अगाडी वढीरहेको र रोल्पा देशकैै पहिलो शाखाका रुपमा संगठीत भएकोमा बधाइ दिदै शाखालाई नेपालमै सधैभरी यसरी नै चिनाइ राख्न शुभकामना समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय