बिहिबार , अषोज ७, २०७८

अत्यन्तै दुखद खबर: आमाको लडेर ज्यान गएकै भीरबाट छोरीको पनि लडेरै ज्यान गयाे

जुन भीरबाट करिब एक वर्ष अघि घाँस काट्ने सिलसिलामा आमाको लडेर ज्यान गएको थियो संजोग त्यस्तै भयो अहिले छोरीको पनि त्यही भीरबाट लडेर ज्यान गएको छ । बागलुङ्ग जिल्लाको गल्कोट नगरपालिका वडा नं. ११ रिघाको फलाँटे भन्ने ठाउँमा एकहप्ता अगाडी बाइकसँगै भीरबाट ख’स्दा २४ वर्षकी कुमारी नेपालीको ज्या’न गएको हो ।

ग’म्भीर घा’इते भएकी उनलाई तत्कालै भरतपुर लगीएको थियो । उपचार संभावना नभएको भन्दै घर फर्काएको केही दिनमै फेरी काठमाडौं बीर हस्पिटलमा लगिएको थियो । उनको हस्पिटलमै हिजो बिहीबार प्रा’ण गएको हो । भीरमा रहेको घुम्तीबाट करिब २०० मिटर तल खसेकी कुमारी गाउँमै बाइक सिक्ने क्रममा दु’र्घ’टनामा परेकी थिइन। उनीकी आमा पनि करिब एक वर्ष पहिले घाँस काट्ने क्रममा सोही ठाउँबाट लडेकी थिइन । अहिले कुमारीकाे पनि मृ’त्यु भएपछि घरमा उनका बाबा मात्रै छन् ।

मेलम्चीमा घर पुरिएकालाई गाउँमा डेरा खोज्न सास्ती
केही दिनअघिसम्म मासिक हजारौँ रुपियाँ डेराभाडा उठाउने घरबेटीको अहिले डेरा खोज्नुपर्ने अवस्था उत्पन्न भएको छ । मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीसँगै सीतलादेवी माध्यमिक विद्यालय, भुमेस्थान आधारभूत विद्यालय र लोकतन्त्र आधारभूत विद्यालयमा बस्नुभएका बाढीपीडित सधैँ विद्यालयमा बसेर निर्वाह नचल्ने भएपछि डेरा खोज्न थाल्नुभएको हो ।

आफ्नै गाउँमा बाढीपीडित भएर डेरा खोज्नु पर्ला भन्ने उहाँहरूले सपनामा पनि सोच्नुभएको थिएन । ‘‘यो बर्खामा बालुवामुनि पुरिएको घर कसरी खोज्न सकिएला र रु सम्भव नदेखेर डेरा खोज्न थालेका हौँ,’’ मेलम्ची नगरपालिका–११ का स्थानीय ठाकुरप्रसाद रिजाल भन्नुहुन्छ । असार १ गतेको बाढीले आफ्नो तीनतले घर पुरेपछि विद्यालयमा बस्नुभएका रिजाल अहिले मेलम्चीमै सुरक्षित ठाउँमा कोठा खोज्न थाल्नुभएको छ ।

ठूलो विद्यालय शीतलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक क्षेत्रप्रताप अधिकारीको संयोजकत्वमा गठित समितिले बाढीबाट क्षति पुगेको घर र जग्गा अभिलेखीकरणको कार्य सुरु गरेको मेलम्ची नगरपालिका–१०, का अध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिनुभयो । ‘‘अहिलेसम्म हाम्रो वडाका १९ वटा घर ‘को’ल्याप्स’ भएका छन्, ती घरमा बस्ने ५० भन्दा बढी परिवारको स्कुलमा बास छ,’’

अध्यक्ष खड्का थप्नुहुन्छ, “एक महिना अघिसम्म हजारौँ रुपियाँ घरभाडा उठाउने घरबेटी अहिले डेराको खोजीमा भौँतारिरहनुभएको छ ।” सुरक्षित ठाउँमा डेरा भेट्टाउनै मुस्किल परेको गणेशप्रसाद रिजालले बताउनुभयो । पशुपालन गरेर बस्नुभएकाले त्यसका लागि उपयुक्त ठाउँ र टहरो बनाउन सकिने ठाउँ खोजिरहनुभएको छ । उहाँको गोठबाट चारवटा भैँसी र पाठापाठीको उद्धार गरिए पनि भाँडाकुँडा सबै बाढीले बगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय