शुक्रबार , अषोज ८, २०७८

भ्वाईसको नकआइट राउन्डबाट रुदै बाहिरिए धर्मेन्द्र सुनार, कोचले दिए बम्पर उपहार

सिजन -३ चलिरहेको अन्तर्राष्ट्रियस्तरको फ्रेन्चाइज गायन रियालीटी शो ‘द भ्वोइस अफ नेपाल सिजन–३’ को ब्लाईन्ड अडिसनबाट एकाएक चर्चामा नाम हो धर्मेन्द्र सुनार । सुदुरपश्चिमको विकट जिल्ला बाजुराका प्रतिभा उनै धर्मेन्द्र सुनार भ्वाईसको नकआइट राउन्डबाट बाहिरिएका छन् ।

धर्मेन्द्र ब्लाईन्ड अडिसनमा ‘मायाले नै हो पियारी’ गीत गाएर चार वटै कोचलाई घुमाउन सफल भएका थिए । गाउँमा नेट नभएकाले ८ घण्टाको बाटो हिँड्दै सदरमुकाम पुगेर भ्वाईस अफ नेपालको डिजिटल अडिशनका लागि गीत गाएर पठाएका धर्मेन्द्र सेलेक्ट भएपछी ब्लाईन्ड अडिसनका लागि काठमाडौं आएका थिए । आफ्नो आमालाई समेत भ्वाईसको स्टेजमा पुर्‍याएका उनले भ्वाइसको यात्रा अघि कुनै म्युजिकल क्लास लिगेका थिएनन् ।

ब्लाईन्ड अडिसनमा सबै कोचको मन जिते तर उनको संघर्ष सुनेपछि निर्णायक तृष्णा गुरूङले आफुलाई सम्हाल्नै सकिनन् र भक्कानिदै धरधरी रोएकी थिईन । अन्य निर्णायकहरू दिप श्रेष्ठ, राजु लामा र प्रमोद खरेल पनि भावुक बनेका थिए । धर्मेन्द्रले गाउँदै गर्दा दर्शकहरूले आशु पुछ्दै गरेको दृश्य पनि देखिन्थ्यो । त्यो क्षणमा आफ्ना बिगत र छनोट हुदाको खुशीलाई लिएर धर्मेन्द्र आफुपनी निकै रोए ।

निकै ठूलो सपना बोकेर आएका उनै धर्मेन्द्र भ्वाईसको नकआउट राउन्डबाट बाहिरिदा पनि निकै रोए । नकआउटमा उनले ‘रेलको बाटो पुग्दै छरे, तिमी बस्ने शहरैमा’ गीत गाएका थिए । नकआउटमा बिक्की परियार र रबि गहतराज जस्ता टफ प्रतिस्पर्धी संग परेका धर्मेद्रले निकै उत्कृष्ट प्रस्तुति दिए । तिनै प्रतिस्पर्धीको बुलन्द आवाजले सबै कोचलाई नतमस्तक बनायो ।

बिक्कीको प्रस्तुती, रबिको आवाज, धर्मेन्द्रको मौलिकता निकै आकर्षक देखिएको थियो । सबै कोचले तिनै प्रतिस्पर्धीको खुलेर प्रसम्शा गरे । कोच दिप श्रेष्ठलाई को’रोना पोजेटिभ देखिएपछी स्वस्थ्यमा देखिएको समस्याका कारण स्ट्यान्डिङ कोचको रुपमा दिपको स्थानमा देखिएका चर्चित गायक राजेश पायल राईले झनै सबैको प्रसन्शा गर्न भ्याए ।

टफ प्रस्तुति दिएका तिनैजनाको प्रशम्शा गर्दौ कोच राजेश र कोच राजुले रबि गहतराजलाई अघि बढाउन चाहे भने कोच तृष्णाले बिक्की परियारलाई अघि बढाउन चाहिन । अन्तत निर्णायक कोच प्रमोदले रबि गहतराजलाई अघि बढाउने निर्णय गरेपछी धर्मेन्द्र र बिक्कीको भ्वाइसको यात्रा टुंगियो । बिक्किले आफ्नो साङितिक यात्रा पहिले पनि जारी रहेको अब पनि जारी रहने र भ्वाइसले धेरै कुरा सिकाएको बताए तर धर्मेन्द्र भने आउट भएसङै रुन थाले केही समय त बोल्न पनि सकेनन् ।

केहिबेरपछी आफुलाई सम्हाल्दै सहयोग गर्नुहुने सबैलाई सम्झिए । कोच प्रमोदले ६ महिना निशुल्क संगीत सिकाउने निर्णय गरे । राजेश पायल राईले धर्मेन्द्र र बिक्की संग गीत गाउने बाचा गरे । लगत्तै प्रमोदले पनि बिक्कि संग एउटा गीत गाउने बाचा गरे । प्रमोद भन्छन्, आफू संग भएका ९ जना प्रतिस्पर्धी नै कमलको फुल जस्तो भएको जताबाट हेरेपनी एउटा एक र एउटा नौ हुने सबै उस्तै देखिने भएकोले शो को फर्म्याटलाई पछ्याउनै पर्ने भएकोले बाहिरिनु परेकोमा दुखी नहुन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय