शुक्रबार , अषोज ८, २०७८

नेपाली चेली सविना श्रेष्ठ को’रोना भ्याक्सिन बनाउने जोन्सन कम्पनीको उत्कृष्ट कर्मचारी घोषित !

काठमाडौं: नेपाली चेली सविना श्रेष्ठ को’भिड–१९ विरूद्ध जोन्सन भ्याक्सिनले उत्पादन गरेको कम्पनीको उत्कृष्ट कर्मचारी घोषित भएकी छिन्। को’रो ना भाइरस वि’रूद्धको भ्याक्सिन उत्पादन कम्पनीमा जोन्सन एण्ड जोन्सन उत्कृष्ट मानिन्छ । यो कम्पनीबाट उत्पादित भ्याक्सिनमा विश्व चर्चित व्यक्तित्व बिल गेट्सको लगानी छ।

पोखराबाट अध्ययन गरेर नेदरल्याण्ड पुगेकी सविनाले इन्जिनियरिङको पढाई पुरा गरिसकेकी छिन्। उनलाई यसै साता जोन्सनले ‘हिरो मेडल’ बाट सम्मानित गरेको थियो।२६ वर्षकी सविनाकी बहिनी सरु श्रेष्ठको हालै अन्तरिक्षमा यान तथा सेटलाइट पठाउने टोलीमा नाम सार्वजनिक भएको थियो।

यो पनि पढ्नुस् : नेपालगञ्जमा जन्मिएका एक बेलायती गोरखा अधिकृतले उच्च सम्मान पाउने भएका छन् । क्याप्टेन विवेकजंग शाहले बेलायती महारानीको जन्मोत्सवको अवसरमा पाउने भएका हुन् । शाह हाल बेलायती सेनाको क्वीन्स ओन गोरखा लजिस्टिक रेजिमेण्ट (क्यूओजीएलआर) मा कार्यरत छन् ।

क्याप्टेन विवेकजंग शाहको नाम महारानीको जन्मोत्सवमा मेम्बर अफ द अर्डर अफ द ब्रिटिश इम्पायर (एमबीई) सम्मान पाउनेको सूचीमा परेको भन्दै बेलायती रक्षा मन्त्रालयले उनलाई बधाई दिएको छ ।

शाहलाई स्थानीय समुदाय र आर्मी रेजिमेण्टलाई जोखिमपूर्ण पूर्वाधार परियोजनाहरुमार्फत निपूण तवरले जोडेकोमा सो सम्मान दिइएको बेलायती सेनाले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ । उनले ती योजनाहरु स्थानीय एबिङडोनमा गरेको बताइएको छ । जहाँ क्यूओजीएलआरको सहयोग दस्ता अवस्थित छ ।

शाहले आफ्ना पुर्खाहरुले बेलायत र महारानीलाई दिएको योगदानलाई निरन्तरता दिनु र त्यसलाई कायम राख्नु आफ्नो कर्तब्य भएको बताएका छन् । साँस्कृतिक चेतनामार्फत सबैलाई एकीकृत गर्नु र समाजमा शान्ति र प्रेमको सन्देश छर्नु नै आफ्नो लक्ष्य रहेको उनले बताएका छन् । उनले यस सम्मानप्रति खुशी ब्यक्त गरेका छन् भने आफ्नो र सिंगो समुदायको लागि यो गौरवको क्षण भएको बताएका छन् ।

शाह सन् १९९९ मा गोरखा सैन्यमा भर्ती भएका थिए । उनले कोसोभो, अफगानिस्तान, इराक लगायतका सातवटा बेलायती सेनाका मिसनमा सहभागी भएका छन् । सम्मान पाउनेको सूचीमा परेको थाहा पाएपछि शाहले आफ्नो मिहिनेत र समर्पण नेतृत्वले बुझेकोमा खुशी लागेको बताएका छन् । यो आफूले कल्पना गरेको सबैभन्दा ठूलो अवार्ड भएको पनि उनले प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय