शुक्रबार , अषोज ८, २०७८

भारतमा रहेका लाखौं नेपालीहरुलाइ भर्खरै आयो अत्यन्तै दु:खद खबर !

भारतमा कोभिड सङ्क्रमण बढेपछि नेपाल आउने जाने यात्रुहरुका लागि समस्या थपिएको छ। महाराष्ट्रमा सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएपछि त्यहाँबाट आउने तथा नेपालबाट महाराष्ट्र जाने नेपालीहरु बाटोमै अलपत्र परेका छन्। भारतमा पहिलो पटक दैनिक संक्रमित हुनेको संख्या करीब एक लाखसम्म पुगेको छ जुन अहिले सम्मकै ठुलो संख्यामा रहेको केश हो। महाराष्ट्र, कर्नाटक, छतिसहढ, दिल्ली, तामिलनाडु, उत्तर प्रदेश, पंजाब, मध्य प्रदेश लगायतका राज्यहरुमा नयां कोभिड केसको संख्या तिव्र रुपमा बढेको छ। अहिलेको सन्दर्भमा करीब 80% कोभिड केशहरु यि राज्यहरुमै रहेका छन। फाइल फोटो ***भिडियो हेर्न तल क्लिक गर्नुहोस***

भारतका विभिन्न राज्यहरुमा कोभिड मामिलाहरु लगातार बढ्दै गएपछि राज्य सरकारले राज्यमा आउने मानिसहरुका लागि कडाई गरेपछि नेपालीहरु बाटोमै अलपत्र हुन पुगेका हुन्। कोभिड मामिला बढेका राज्यहरुले राज्यमा लकडाउन गर्नुका साथै बाहिरबाट आउने मानिसहरुको अनिवार्य कोभिड रिपोर्ट माग्ने गरेको छ। बिशेषगरी महाराष्ट्रबाट नेपाल आउने जाने नेपालीहरु राज्यको नाकामा अलपत्र परेका हुन्। हिजो मुम्बईबाट नेपाल गईरहेका कैयौं बसहरुलाई यात्रुको कोभिड रिपोर्ट नभएका कारण राज्यको नाका पार गर्न दिईएको थिएन।

कोभिड जाँच गर्न भन्दै आजसम्म सिमामै रोकिएको छ। मुम्बईका बिराज ठकुल्ला र अर्जुन कुमार बिकेले नेशनल लाईभसित कुरा गर्दै हिजो मुम्बईबाट नेपाल जान लागेका कयौं नेपालीहरुलाई महाराष्ट्रको सीमामा रोकिएको बताएका छन । महाराष्ट्रमा कोभिड संक्रमण धेरै बढेको भन्दै अन्य राज्यहरुले आफ्नो राज्यमा प्रवेश गर्नु अघि कोभिड परीक्षण गराइरहेको उनिहरुले बताएका छन । उनिहरुको आज कोभिड जाँच पश्चात नेपाल जान दिने भनिएको छ। ***भिडियो हेर्न तल क्लिक गर्नुहोस***

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय