बिहिबार , भाद्र ३१, २०७८

आज देखि देशभरमा लक डाउन लम्बियो यस्तो निर्णय लागु भयो हेर्नुहोस् सरकारी कार्यालय खुल्ला

देखि देशभरमा लक डाउन लम्बियो यस्तो निर्णय लागु सरकारी कार्यालय खुल्ला काठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा खुकुलो भएको छ। अर्थात् ५० दिन भन्दा बढी समयदेखि बन्द भएका केही पसल खुले भने निजी सवारी साधन गुडे। काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गर्दै खुकुलो बनाउने निर्णय गरेको थियो । असार १४ गतेसम्म निषेधाज्ञा गरिएको छ ।

निजी सवारी साधनले जोरबिजोर प्रणालीमा गुड्न पाए पनि सार्वजनिक सवारी साधनलाई भने बन्देज नै गरिएको छ।काठमाडौं उपत्यका मात्र होइन अहिले देशभर अन्य जिल्लामा समेत काठमाडौं उपत्यकाभित्र लागु भएको मोडालिटी प्रयोग गरिएको छ। अन्य केही जिल्लामा निषेधाज्ञाको समय पनि असार १४ गतेसम्म पुर्‍याएको छ। अहिले देशभरका ७५ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ।

कैलाली जिल्लाको अपडेट

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अझै पनि कोरोना महामारीको संक्रमण कायमै रहेको भन्दै निषेधाज्ञा पुनः थप गर्ने तयारीमा रहेको बताए। तर सरकारी कार्यालयहरु सुरक्षाका मापदपण्ड अपनाएर सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ। यातायात, सभा सम्मेलन, होटल, सामूहिकमा गरिने कार्यलाई भने अझै सञ्चालनमा रोक लगाइने प्रजिअ रिजालले जानकारी दिए। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले भने निर्णय गर्न बाँकी रहेको र आदेश पनि जारी गर्न बाँकी रहेको प्रजिअ रिजालले जनाए। कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय