शुक्रबार , अषोज ८, २०७८

अर्को दुई हाइड्रोपावर कम्पनीको आईपिओ आउँदै, कति कित्ता भर्न पाईन्छ ?

काठमाण्डौ । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण

सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीको आईपीओको

बिक्री प्रबन्धकको एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।यस्तै अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले १०० रुपैयाँ अंकित दरका ३३ करोड ७ लाख ५० हजार रुपैयाँ

बराबरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासनको माग गर्दै कम्पनीले गत चैत १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले सर्वसाधारण र स्थानीयका लागि आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय