बिहिबार , अषोज ७, २०७८

दुखद खबर : मलेसियामा फेरी अर्को ३७ बर्षिय श्रमिक होम बहादुर सुतेकै अवस्थामा मृत्यु

वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ।

नेपाल ठेगाना बराहक्षेत्र नगरपालिका “५” सुनसरी जिल्ला प्रदेश नम्बर “१” घर भएका ३७ बर्षिय नेपाली श्रमिक होम बहादुर गुरुङको बुधबारको दिन सुतेकै अवस्थामा मृत्यु भएको हो।

मृतक गुरुङ मलेसियाको भाईपर फोर्स नामक सेक्युरिटी कम्पनीसंग आबद्द रहि बिगत २१ महिनादेखि बैधानिक रुपमै सुरक्षागार्डमा काम गर्दै आएका थिए।

मंगलबारको राती आफू बस्ने रुममा खाना खाएर सुतेको गुरुङ बुधबार बिहान मृत् अवस्थामा फेला परेका थिए।
राती सुतेकै बेलामा हृदयघात (heart attack) भएर मृत्यु भएको हुनसक्ने आशँका गरिएको छ।

मलेसियाको सेलाङ्गर राज्य स्थित पेटालिङजाया जिल्लामा दामानसारामा काम गर्दै आएका मृतक गुरुङको शवलाई रोजगारदाता कम्पनीसंगको समन्वय,सहयोगमा हाल पोस्टमार्टमको लागी अस्पतालमा लगिएको नेपाल तमु समाज मलेसियाको महासचिव दिल त्हार गुरुङले मलाया खबरलाई जानकारी दिनुभयो।

उता नेपालबाट मृतक गुरुङको श्रिमती कमला गुरुङले मलेसिया स्थित नेपाली राजदूतावासको नाममा पत्र पठाएको छ। मलेसियालाई आफ्नो कर्मथलो बनाएर काम गर्दै आएका मेरो श्रिमान होम बहादुर गुरुङको मृत्यु भएकोले निजको शव नेपाल फर्काईदिनुहुनको लागी सो पत्रमार्फत कमला गुरुङले दूतावास समक्ष अनुरोध गरेकी छिन्।

तर मलेसिया क्वालालम्पुरदेखि नेपाल काठमाडौंसम्म हुने अन्तर्राष्ट्रिय हवाई उडान अहिले नेपाल सरकारले बन्द गरेको छ। जसले गर्दा स्वदेश फर्किने तयारीमा रहेका हजारौं श्रमिक अलपत्र पर्नुको साथै मलेसियामै विभिन्न कारणबस मृत्यु भएका करिब तीन दर्जन भन्दा बढी नेपाली श्रमिकहरुको शव पनि यतै अस्पतालमै अड्किएर बसेको छ।

पछिल्लो केहिदिनदेखि नेपाल सरकारले अधिक नेपाली श्रमिकहरु कार्यरत मुलुक मलेसिया , युएई, टर्की,कतार,साउदी अरेबिया लगायतको मुलुलमा रहेका नेपाली श्रमिकको लागि हवाई उडान खुलाउने भने ता पनि कुन दिनदेखि सञ्चालन गर्ने भनेर मिति तोकिसकेको छैन। जसले गर्दा विदेशमा रहेका नेपालीमा झन अन्यौलता बढेको छ। मलाया खबर न्युज डेस्क

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय