बिहिबार , भाद्र ३१, २०७८

सिंगो गाउँनै पहिरोको जो’खिममा परेपछि सिन्धुपाल्चोक भोटेकोेशी पुग्यो इन्द्रेणी । जनताको यस्तो बिचल्ली (भिडियोसहित)

काठमाडौं, असार ३। इन्द्रेणी टिम बाढी प्रभाबित क्षेत्र मेलम्चीमा पुगेर सहयोग गरेको छ । मंगलबारको भारी बर्साका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले १०० परिवार बिस्तापीत भएका छन् भने ७ जनाको मृत्यु भएको थियो ।

हिजो नै इन्द्रेणी टिम बाढी प्रभाबित क्षेत्रमा पुगेर मेलम्ची नगरपालीकाका प्रमुख डमर बहादुर अर्याल लाई सहयो रकम हस्तान्तरण गरेको छ । बिस्तापीत परिवारलाई सहयोग होस भन्ने उदेश्यले इन्द्रेणीले रु १ लाख नगरपालीकाका प्रमुखलाई हस्तान्तरण गरेको थियो । इन्द्रेणीले यस्तो परस्तीथीमा बाढी प्रभाबित क्षेत्र पुगेर सहयोग गरेकोमा नगर बासीले आभार व्यक्त गरेका छन् ।

काठमाडौं, असार ३। मेलम्ची खानेपानी विकास समितिले आयोजनाका ८ कामदार सम्पर्कविहीन भएको बताएको छ।बुधबार विज्ञप्ति जारी गर्दै आयोजनाले ३ चिनियाँ, ३ भारतीय र २ नेपाली कामदार सम्पर्कविहीन रहेको बताएको छ।यस्तै आयोजनाका ७६ जनालाई बुधबार हेलिकप्टरबाट उद्धार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।

उद्धार गरिएकाहरूलाई काठमाडौं र धुलिखेल ल्याइएको छ।सम्पर्कमा आउन बाँकी रहेका कामदारहरूको खोजीमा सबै संयन्त्र परिचालन गरिएको उनले बताए। कामदारहरूको खोजी तथा उद्धारका लागि आयोजनाले सबैमा सहयोगका लागि अपिल गरेको छ। आयोजनाको हेडवर्क्स नजिकैको क्याम्पसाइट बाढीले बगाएपछि मंगलबार रातिदेखि नै प्रहरी, प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी गरिएको थियो।बाढीले आयोजनाका क्याम्पहरू, उपकरण, निर्माण सामग्री, पहुँच सडक, पुल बगाएको छ।प्राविधिक निरीक्षणका लागि आयोजनाको सुरूङ मंगलबार बिहान ११ बजेदेखि बन्द गरिएको थियो। सुरूङ समयमै बन्द गरिएकोले ठूलो दु’र्घ:ट:नाबाट जोगिएको छ।

यो पनि : बाढी पहिरोले पुर्‍याएको क्षति प्रति दु:खि छु : पूर्वराजा ज्ञानेन्द्र काठमाडौं :वर्षातको कारण देशको विभिन्न भागमा बाढी र पहिरोले नागरिकको ज्यान लिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन्।

बिहीबार पूर्वराजा शाहले एक सन्देश जारी गर्दै दु:ख व्यक्त गरेका हुन्। ‘देश कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति हामी कहाँ आइपरेको छ।’

शाहले भनेका छन्, ‘हिमाल, पहाड र तराईका धेरै जिल्लाहरुमा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी वस्तीका बासिन्दाहरुको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दु’खित तुल्याएको छ।’ महामारी र प्राकृतिक वि’पत्तिको न्यूनिकरण गर्नेतर्फ जिम्मेवार बन्नु पर्ने उनको भनाई छ।

विपत्तिको पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवं राहतकारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षको ग’म्भीर ध्यान दिन आग्रह गरेका छन्। ‘मनसुन प्रारम्भ मात्र भएको यो समयमा नै यति धेरै क्ष’ति हुन पुग्यो भने तीब्र बर्षात आउने समयमा अझ के के हुने हो ? यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने हुन्छ।

प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकोले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवं राहतकारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षको गम्भिर ध्यान जानु पर्ने देखिन्छ।’शाहले भनेका छन्, ‘अवस्था विकराल नहोस, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारी रुपमा होस भन्ने हाम्रो आग्रह छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय