शुक्रबार , अषोज ८, २०७८

मलेसियामा विदेशी श्रमिकको खोप शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने (जानकारीका लागि सेयर गराै)

मलेसियामा विदेशी श्रमिकको कोभिड १९ विरुद्दको खोपको शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने सरकारका एक बरिष्ठ मन्त्रीले बताएका छन् ।

श्रम क्षेत्रलाई लक्षित गरेर सुरु गरिने खोप अभियानमा खोपको शुल्क श्रमिकबाट नअसुलिने व्यवस्था गर्न सम्वन्धित सरकारी निकायलाई चनाखो बनाइनुपर्ने बरिष्ठ मन्त्री अजमिन अलीले बताएका हुन् ।

मलेसियाको अनलाइन द स्टारका अनुसार खोप नि:शुल्क भएपनि श्रम क्षेत्रका लागि शुल्क लाग्ने र सो रकम रोजगारदाताले नै व्यहोर्ने व्यवस्था गरिएको मन्त्री अलीले बताएका छन् ।

उनले खोप वापतको रकम श्रमिकबाट उठाउन नपाउने व्यवस्था कडाईपूर्वक लागु हुने पनि बताए । उनले दुई मात्रा नै खोप श्रमिकका लागि नि:शुल्क हुने पनि बताएका छन् । यसमा उद्योगीहरुको संगठनले पनि सहमति जनाएको बताएको समाचारमा जनाइएको छ ।

अन्तराष्ट्रिय व्यापार तथा उद्योग मन्त्री अजमिनले खोप अभियानलाई सहज रुपमा सञ्चालन गर्न प्रशासनिक खर्च वापतको शुल्क तिर्न उद्यागीहरु सहमत भएको जनाए । बुधवार देखि सेलेंगर, जोहर तथा पेनाङमा सुरु हुने नमुना खोप अभियानमा आफू पनि अनुगमनमा जानसक्ने उनले बताएका छन् । मलेसिया सरकारले श्रमिकका लागि खोप लगाउने रोजगारदाताले प्रति मात्रा ९० रिंगिट तिर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय