शुक्रबार , अषोज ८, २०७८

भर्खरै नेपालले खोलिदियो गण्डक ब्यारेजका ३६ वटै ढोका, भारतमा छिर्यो भीषण बाढी, खतराको घण्टी बज्यो !

यो पनि पढ्नुहोस :नेपालको राजनीतिमा केपी शर्मा ओली र राजेन्द्र महतो सधैं विपरीत धुव्र भइरहे ।ओलीको राष्ट्रवादी छवी थियो भने महतो सधैं भारतपरस्त यही कारण दुई नेताको सम्बन्ध पनि राम्रो हुन सकेन तर यतीबेला ओली र महतोको गजबको दोस्ती देखिएको छ । ओलीको मन्त्रि परिषद्मा महतो गृहमन्त्रीका लागि लबिङ गरिरहेका छन् । ओली र महतोलाई भारतले नै मिलाएको चर्चा राजनीतिक वृत्तमा छ

कुनै समय यस्तो थियो कि ओलीले नै महतोको नागरिकताको छानबिनको माग गरेका थिए । उनका निकट युवा संघका तत्कालिन अध्यक्ष राजीव पहारीले महतोको नागरिकतोका छानबिन माग गरी २०७२ सालमा तत्कालिन गृहमन्त्री शक्ति बस्नेतसँग निवेदन दिएका थिए ।

त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेकोमा आयोगले छानबिनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, दबाबका कारण विस्तृत छानबिन हुन पाएन ।
महतोले सर्लाही जिल्लाबाट नागरिकता लिएका हुन् । उनको परिवार भारतबाट नेपालमा आएको हो ।

बुबा खोभारी सुडी भारतीय नागरिक थिए । सर्लाहीको सदरमुकाम मलंगवासित सीमा जोडिएको भारतीय जिल्ला सीतामढीको कोहवरवा गाउँमा महतोको घर अहिले पनि छ । यो गाउँ नेपाल–भारत सीमाबाट १५ किलोमिटर दुरीमा पर्छ । सो घरमा अहिले महतोका काकापट्टीका सन्तानहरु बस्छन् । उनका तीन दाजुभाइ भने अहिले नेपालमै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय