बिहिबार , भाद्र ३१, २०७८

खुसिको खबर: कतार, मलेसिया र इस्तानबुलको उडान संचालन गर्ने मन्त्री परिषदको निर्णय

तीन देशको लागि अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने सरकारले निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषदको बैठकबाट इस्तानबुल,कतार, क्वालालम्पुर सहितका देशको उडान खुल्ला गर्ने सरकारले निर्णय गरेको हो। ती देशहरूमा लगातार उडान नगरी फरक फरक दिनमा उडान सुचारु गर्ने निर्णय भएको एक मन्त्रीले बताउनुभयो ।

त्यसै गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिलाको सुरक्षाका लागि टोल फ्री नम्बरलाई व्यवस्थित गर्ने निर्णय गरेको छ। कुनै पनि महिलालाई कहीं कतै कसैले दुर्व्यवहार गरे ४ अंकको उक्त टोल फ्री नम्बरमा गुनासो गरे तत्काल उद्धार सहित दोषीलाई कारवाही गर्ने उक्त नम्बरलाई थप व्यवस्थित गर्न निर्णय गरिएको हो। ABC Nepal Tv बाट

यो पनि पढ्नुस् :
१. संसारमा एक मात्र खुसी छ- माया गर्नु र माया पाउनु ।

२. सफलता भनेको जे चाहन्छौं त्यो प्राप्त गर्नु हो भने खुसी भनेको त्यसलाई चाहनु हो जे तिमीले प्राप्त गर्यौं ।

३. कर्मले सधै खुसी नल्याउन सक्छ तर कर्म विना त्यहाँ कुनै खुसी हुदैन ।

४. हिजो गैसक्यो, भोली आएकै छैन हामीसंग आज मात्र बाकीं छ; किन तनाव लिने आउँ यसैलाई मानाऔ ।

५. खुशी भनेको ‘रेडिमेड’ कुरा होइन । खुशी तिमीले गर्ने काम र व्यवहारले मिल्छ ।

६. खुशी कहाँ छ भनेर खोज्न थाल्यौ भने तिमी कहिल्यै खुशी रहन सक्दैनौ । जिन्दगी भनेको के हो भनेर खोज्न थाल्यौ भने बाँच्न जान्दैनौ ।

७. जब तिमीले आफूसंग भएका कुराहरुलाई महत्व दिन्छौ, तब तिमीले हरेक दिन खुशी हुने कुनै बाहना भेट्छौ ।

८. तिमीले जे सोंच्छौ, जे बोल्छौ र जे गर्छौ, त्यो सबै एउटा लयमा मिल्नुले खुशी मिल्छ ।

९. यदि कोहि व्यक्ति असल सोचका साथ् बोल्छन र काम गर्छन भने, उसको छायाले जस्तै खुसीले उसको साथ् कहिले छोड्दैन ।

१०. हौसला हुनुपर्छ जिन्दगीमा किनकि जिन्दगीमा कुनैबेला पनि फाल्न फुल्न सुरु हुनसक्छ ।

११. सफलताको कारण खुसी होइन, खुसीको कारण सफलता हो त्यसैले जुन कामले तिमीलाई खुसी दिन्छ त्यहि कामले तिमीलाई सफल पनि बनाउने छ ।

१२. यदि जिन्दगीमा खुशी पाउनु छ भने मान्छेले भनेको कुरालाई मनमा लिन छोडीदिनुस् किनकि दुनियामा खोट लगाउनेको कमी छैन ।

१३. वृद्द मान्छे बिगतमा जिउने गर्छ त्यसैले ऊ दुखी हुने गर्छ । जवान मान्छे भविष्यमा जिउने गर्छ त्यसैले ऊ तनावमा हुने गर्छ । तर एउटा बच्चा सधै बर्तमानमा जिउने गर्छ त्यसैले त ऊ सधै खुशी हुने गर्छ ।

१४. जुन समय तिम्रो हौसला टुटेको हुन्छ तर पनि मुस्कुराउन छोड्दैनौ भने बुझ तिमीलाई तोड्न सक्ने अर्को कोही हुनेछैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय