शुक्रबार , अषोज ८, २०७८

मलेसियामा रोकिएका श्रमिक उडान खुलेपछि पुरानै ‘चेक आउट मेमो’मार्फत घर फर्किन सक्ने

काठमाण्डौ – मलेसियाबाट स्वदेश फर्कन चेक आउट मेमो लिइसकेका तर उडान बन्द हुँदा रोकिएकाहरू उडान खुलेपछि सजिलै स्वदेश फर्कन सक्ने भएका छन् । मलेसियामा रहेको नेपाली दूतावासले फेसबुक लाइभमार्फत चेक आउट मेमो लिइसकेर पनि उडान बन्द हुँदा स्वदेश फर्कन नपाएकाहरू उडान खुलेपछि सजिलै जान सक्ने बताएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले उडान बन्द गर्दा घर फर्कन चेक आउट मेमो लिएर पनि फर्कन नपाएको अवस्था छ । चेक आउट मेमोको मिति सकिए पनि उडान बन्द भएको कारण रोकिएकाहरू उडान खुलेपछि पुरानै चेक आउट मेमोमार्फत नै स्वदेश फर्कन सकिने दूतावासले जनाएको छ ।

यस्तै दूतावासका अनुसार, भिसा सकिएका श्रमिकले कम्पनीसँग अनुरोध गरेर स्पेसल पास पनि बनाउन सक्नेछन् । भिसा सकिएको छ तर घर फर्किने चेक आउट मेमो लिएको छैन भने पनि कम्पनीसँग अनुरोध गरी पास लिन सकिन्छ । मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ ।

काठमाडौं-दोहा नियमित उडान आजदेखि, नेपाल आउनेका लागि यस्ता छन् नियम

कोरोना महामारीका कारण बन्द भएका नियमित उडानहरूमध्ये सरकारले सीमित गन्तव्यका उडान पुन: सुरू गरेको छ।

टर्की, चीन र कतारका लागि सीमित नियमित उडान खुला गर्ने सरकारी निर्णयअनुसार सोमबारबाट कतारको दोहामा उडान सुरू भएको छ। कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भारत बाहेकका गन्तव्यमा वैशाख २३ देखि नियमित उडान बन्द गरिएको थियो। भारतको नयाँदिल्लीमा भने साताको दुई उडान जारी छ।

वैशाख २० देखि टर्कीको इस्तानबुलमा साताको एक उडान गर्न अनुमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले दोहाका लागि दुई उडानको अनुमति दिएको छ। काठमाडौं-दोहाका लागि कतार एयरवेज र नेपाल एयरलाइन्सले प्रत्येक सोमबार एक-एक उडान गर्ने छन्।

नेपालीहरू वैदेशिक रोजगारीमा जाने गन्तव्यहरूमा नियमित उडान खोल्न माग भए पनि सरकारले अहिले कतारका लागि मात्र खुला गरेको हो। साउदी अरबमा उडान प्रतिबन्ध रहेको र अरू गन्तव्यमा पनि सहज नभएकाले तत्काल कतारका लागि मात्र खोलिएको प्राधिकरणले जानकारी दिएको छ।

त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीका अनुसार कतार हुँदै अरू देशमा रहेका नेपाली पनि आउन पाउने छन्।

साउदी अरब, युएई लगायत देशबाट कतार हुँदै नेपाल आउन रोक नभएको उनले जानकारी दिए। ‘हामीले नियमित उडान खोलेको हो। यसमा कुनै गन्तव्य तथा राष्ट्रियताका आधारमा रोकतोक हुने छैन। सीमित उडान भएकाले टिकट उपलब्धताका आधारमा यात्रुहरू आउन सक्छन्,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय