बिहिबार , भाद्र ३१, २०७८

भर्खरै आयो सबैलाई खुशि को खबर:यति गतेबाट लकडाउन खुल्दै।

कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै प्रशासनले उपत्यकामा निषेधाज्ञा लगाएको डेढ महीना पुगिसक्यो । यो अवधिमा संक्रमण दर घट्दै गएको भन्दै निषेधाज्ञा खुकुलो पार्न सरकारलाई दबाबव बढेको छ । स्थानीय जनप्रतिनिधिहरुले पनि उपत्यका प्रवेश नाकामा कडाई गर्नुपर्ने, तर भित्र जनजीवन सामान्य बनाउँदै लैजानुपर्ने सुझाव दिएका छन् ।स्थानीय प्रशासन पनि क्रमशः निषेधाज्ञा खुकुलो पार्दै जानुपर्नेमा सहमत छ । तर विगतमा एकैपटक निषेधाज्ञा खोल्दा संक्रमण बढेको प्रति गृह मन्त्रालय सचेत छ । त्यसैले विज्ञसँग पनि परामर्श लिएर निषेधाज्ञा खुकुलो बनाउनुपर्ने अधिकारीहरुको भनाइ छ ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

दिनेबारे छलफल भएको थियो ।तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस विषयमा असहमति जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल भन्छन्, ‘जोखिम कम भइसकेको होइन, त्यसैले अहिलेकै अवस्थामा सवारीसाधन खोल्नु जोखिमपूर्ण छ ।’यद्यपि स्वास्थ्यबाट आधिकारिक निर्णय गरेर सुझाव भने दिइनसकेको उनले अनलाइनखबरलाई बताए ।यही बीच प्रशासनले असार १ देखि ७ गतेसम्म निषेधाज्ञा थप्ने मनस्थिति बनाएको छ । तर कुन–कुन क्षेत्र थप खुकुलो बनाउने भन्ने चाहिँ टुंगो लागि सकेको छैन ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्छन्, ‘जेठ ३१ गते तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञाको विषयमा निर्णय गर्छौं ।’****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

काठमाडौंका मेयर विद्यासुन्दर शाक्य संक्रमण दर घट्दै गएकाले जनजीवन सामान्य बताउँदै लानुपर्ने बताउँछन् । ‘बरु उपत्यकामा भित्रिने र बाहिरिने नाकामा अझै कडाइ गर्नुपर्छ’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका मेयर शाक्यले भने, ‘एकैपटक नभए चरणबद्ध रुपमा भए पनि खोल्दै जानुपर्छ ।’उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन पनि निषेधाज्ञा मात्र विकल्प नभएका उल्लेख गर्दै स्वास्थ्य मापदण्ड अपनाएर आर्थिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने बताउँछन् ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्य भने निषेधाज्ञा थपिएको थपियै हुँदा न्यून आय भएका मानिसको जीवन असहज भएको बताए । ‘त्यसैले पनि असारदेखि सहज अवस्था बनाउनुपर्छ’ उनले भने, ‘सरकारले दैनिक काम गरेर छाक टार्नेको हालत पनि सोचेर थप निर्णय लिओस् ।’नेपाल अटोमोवाइल्स् डिलर्स एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले अझै व्यवसाय बन्द भए कहिल्यै उठ्न नसक्ने स्थितिमा पुगिने बताए । उनले थपे, ‘नागरिक आफैं पनि अबका दिनमा जिम्मेवार हुनुपर्छ, आर्थिक गतिविधि चलाउनुपर्छ ।’****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गराएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताए । सरकारका विभिन्न मन्त्रालयहरुबीच स्पष्ट नीति र समन्वय नभएको भन्दै उनले लकडाउन कसरी खुल्ला गर्ने भन्ने सम्बन्धमा सरकारको स्पष्ट नीति आउनुपर्ने पनि जनाए ।

वायु सेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष अनुज रिमालले विगतमा अन्य क्षेत्रभन्दा वायु सेवामा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरिएको स्मरण गराउँदै अर्थतन्त्रलाई चलायमान बनाउन वायु सेवा सञ्चालन थाल्नुपर्ने बताए । पर्यटन व्यवसायी सुदर्शन नेपालले पर्यटन व्यवसायी र मजदुरले कोरोनाविरुद्धको दुवै मात्रा खोप पाइसकेको उल्लेख गर्दै जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै पर्यटन क्षेत्रलाई पनि खुला गरिनुपर्ने बताए ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय