शुक्रबार , अषोज ८, २०७८

शुन्य लागतमा जोर्डनमा वैदेशिक रोजगारको अवसर, यस्तो छ तलब (खाना,बस्न फ्री)

काठमाडौं : जोर्डनमा शुन्य लागतमा वैदेशिक रोजगारको अवसर खुलेको छ ।

बैदेशिक रोजगारमा जानको लागि शुल्क नलाग्ने गरि जोर्डनको लागि घरेलु कामदारको माग भैआएको हो । नेपालको फ्रन्टलाइन रिक्रुमेन्टले सो को अन्तरवार्ता तथा तालिम प्रदान गरेर जोर्डन पठाउने छ ।

वैदेशिक रोजगारमा जानेहरुले भाषा तथा घरायसी काम सम्बन्धी एक महिनाको तालिम अनिवार्य लिएको हुनुपर्ने छ र उक्त तालिम कम्पनीले नै खाना बस्न सहित निशुल्क हुने कम्पनीले निकालेको बिज्ञापनमा उल्लेख गरेको छ ।

जोर्डनको घरेलु कामदारको लागि ५० जना महिलाको माग आएको छ भने तलब करिब ३५ हजार हुने उलेख गरिएको छ भने खाना र बस्नको सुबिधा समेत कम्पनीले नै प्रदान गर्नेछ ।

हेर्नुस सुचना / बिज्ञापन

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी यस्तो छ

१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला ।

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ।

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।४. विदेश जानुअघि अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।५. विदेश जानुअघि आफु जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ।

६.काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ ।७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय