शनिबार , अषोज ९, २०७८

टर्की र कतार ट्रान्जिट बनाएर साउदी बाट नेपाल जान सकिने बारे नेपाली दुताबासको सुचना

काठमाण्डौ – कतार वा टर्कीलाई ट्रान्जिट बनाएर साउदीबाट नेपाल आउन सकिने भएको छ । नेपाल सरकारले पछिल्लो समय कतार, टर्की र चीनसहित तीन देशसँगका नियमित उडान खुला गरेको छ । योसँगै साउदीमा रहेका नेपाली श्रमिक पनि कतार वा टर्कीलाई ट्रान्जिट बनाएर नेपाल फर्किन सक्ने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

साउदीबाट सोझै नेपाल जाने फ्लाइट खोल्ने सम्बन्धमा अझै कुनै निर्णय नभैसकेको भए पनि नेपाल जान चाहनेले यी देशलाई ट्रान्जिट बनाएर जानसक्ने दूतावासको भनाइ छ । दूतावासका अनुसार कतार एअरवेज, नेपाल एअरलाइन्स र टर्किस एअरलाइन्समध्ये आफूलाई सहज हुने फ्लाइटमार्फत नेपाल जान सकिनेछ । यस विषयमा साउदीको रियादमा रहेको नेपाली दुताबासले जारी गरेको सुचना यस्तो छ !

कतार वा टर्की ट्रान्जिट मिलाएर साउदीबाट नेपाल जान सकिनेसम्बन्धी सूचना

हामीले पोष्ट गरेका उपयोगी सूचना हेरेर धेरै महानुभावहरूले साउदीबाट नेपाल जानको लागि कहिले फ्लाइट खुल्छ भन्ने जिज्ञासा राख्नुभएको देखियो । साउदीबाट सोझै नेपाल जाने फ्लाइट खोल्नेसम्बन्धमा अझै कुनै निर्णय नभैसकेको भएता पनि नेपाल जान चाहने महानुभावहरूले कतार वा टर्की (कतार एअरवेज, नेपाल एअरलाइन्स र टर्किस एअरलाइन्समार्फत) बाट ट्रान्जिट मिलाएर जानसक्नु हुन्छ र जान मिल्छ । तसर्थ, टिकटको लागि सम्बन्धित एअरलाइन्स वा ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहोला । यससम्बन्धी सूचना दूतावासले जुन १, २०२१ मै यही फेसबुक पेजमा राखिसकेको व्यहोरा पनि जानकारी गराइन्छ । धन्यवाद । उज्यालो नेपाल डटकम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय