शनिबार , अषोज ९, २०७८

अमेरिकी राष्ट्रपति बाइडेनले गरे ठुलो घोषणा, प्रधानमन्त्री आलीले दिए धन्यवाद, नेपालमा तत्काल खोप पठाउने (जानकारीका लागि सेयर गराै)

अमेरिकाले नेपाललाई को’रोना खोप उपलब्ध गराउने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । यद्यपि कति डो’ज भन्न खुलेको छैन ।अमेरिकाले जुन महिनाको अन्तिमसम्ममा ८ करोड डो’ज को’रोना खोप विश्वभर सहयोग गर्दैछ ।

यसमध्ये पहिलो चरणमा दिइने साढे २ करोडको खोप वितरणको योजना अमेरिकी राष्ट्रपति जो बोइडेनले सार्वजनिक गरेका हुन् ।हृवाइट हाउसको वव्यक्त अनुसार पहिलो चरणमा दिइने साढे २ करोड डो’ज खोपको करिव ७५ प्रतिशत अर्थात झण्डै १ करोड ९० लाख को’भ्यास कार्यक्रमलाई दिइनेछ ।

यसमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जानेछ । बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जानेछ ।बाँकी ६० लाख डोज खोप क्यानडा, मेक्सिको, भारत तथा दक्षिण कोरियका साथै को’रोना महामारीसँग जु’धिरहेका देशहरुलाई दिइने राष्ट्रपति बाइडेनले बताए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाले नेपाललाई खोप दिने पक्का भएको बताए । उनले भने, ‘नेपाललाई भ्या’क्सिन सपोर्ट गर्ने घोषणा भएको छ, अंक चाँहि तोकेको छैन ।’ यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध गराउने अमेरिकी निर्णयको स्वागत गरेका छन् ।

उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिएका छन् ।।प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ‘यसले नेपाल र अमेरिकाको मित्रतताको मजबुतिलाई पुष्टि गर्छ ।’परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि खोप सहायताको घोषणाप्रति अमेरिकी समकक्षी एन्थोनी ब्लिंकेनलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय