शनिबार , अषोज ९, २०७८

बधाई नेपाल!! विश्वकप फुटबल छनोट फुटबलमा नेपालले जित्यो सजिलै जित्यो चाइनीज ताइपेईलाइ

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित दर्ता गरेको छ । अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले २-० को जित दर्ता गरेको हो ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । अन्जनको यो जारी विश्वकप छनोटमा तेस्रो गोल हो ।

दोस्रो हाफमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आशिष लामाको स्थानमा मनिष डाँगीलाई मैदान प्रवेश गराएका थिए । ५२ औं मिनेटमा सन्तोषले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको ६६ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिर ताइपेइले प्राप्त फ्रिकिक वालमा लाग्दा नेपालको अग्रता कायम रहयो ।

खेलको ८० औं मिनेटमा मनिष डाँगीले एकल प्रयासमा बल अघि बढाएर गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । त्यसको एक मिनेट नबित्दै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे ।

अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २-० ले अघि बढाएका थिए । सत्य सुचना डटकम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय