बिहिबार , भाद्र ३१, २०७८

किन आउँछ ओठ र जिब्रोमा घाउहरु ? यी समस्या हटाउने घरेलु उपचार

मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ।

त्यस्तै यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने,ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ।

किन आउँछ मुखमा घाउ-खटिरा ?

खासगरी शरीरमा पोषणको कमी (भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमी आदि) ले मुखमा घाउ हुन्छ । यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, पेटसम्बन्धी रोगहरू (कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच आदि), पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ। त्यस्तै, खाद्य विषाक्तता, सुर्ती-पानमसला, मद्यपान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने गर्छ ।

कसरी समाधान गर्ने ?

मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।

पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने

हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने

बढी चिल्लो नखाने

हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने

पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने

बदाम भिजाएर खाने

मह घाउमा लपक्क लगाउने

निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने

जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउन।

बारम्बार समस्या भैरहेमा वा बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्ने भएकोले चिकित्सक समक्ष जाँच गराउनुपर्छ। तर मुखमा आएको घाउ कस्तो छ, किन आएको हो भन्ने कुरा रोगको इतिहास, व्यक्तिगत बानी व्यवहार, लक्षणका आधारमा विशेषज्ञसँग जाँच गराएर थाहा पाउन सकिन्छ। कतिपय अवस्थामा घाउको मासु वा पीप लगायत रगतको अन्य परीक्षणहरू पनि गर्नुपर्ने हुन्छ।

खासगरी यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले भएका घाउहरू जटिल हुन सक्छन् र औषधोपचार पनि आवश्यक हुन सक्छ । यसरी नै कारण अनुरूपको उपचारका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

दाँत कोट्याउनु कति हानिकारक ?

सिन्का अर्थात टुथपिकलाई दाँत सफा गर्ने संसारकै सबैभन्दा पुरानो दन्तचिकित्सकीय उपकरण मानिन्छ। ब्रसको आविष्कार हुनुभन्दा करिब ७५ हजार वर्ष अगाडि नै मानिसहरु सिन्काले दाँत सफा गर्ने गर्थे भन्ने तथ्य अवशेषहरुको अध्ययनबाट पुष्टि भएको छ।

तर अहिले दाँतको किटाणु हटाउन विभिन्न प्रकारका राम्रा र सुरक्षित उपकरणहरु बजारमा पाइन्छन् । तैपनि मानिसले सिन्काले दाँत कोट्याउन छोडेका छैनन् । सिन्काले दाँत कोट्याउनु किन हानिकारक त ? अमेरिकन डेन्टल एसोसियसनकी डा. सेली क्रेम भन्छिन्, ‘दाँतको बीचमा अड्केका खानाका ठूला टुक्रा निकाल्न टुथपिकको सहयोग लिन सकिन्छ तर यसले दाँत सफा गर्ने धागो तथा अरु माध्यम जसरी काम गर्दैन ।’

‘टुथपिक काठबाट बनेको हुन्छ र त्यो एकदम तीखो हुन्छ। मसँग एकजना बिरामी थिए, जसले टुथपिक प्रयोग गर्दथे र त्यसले दाँत कोट्याउने तथा गिजा कोट्याउने गर्दथे र त्यसैकारण उनको दाँतमा संक्रमण भएको थियो,’ उनी भन्छिन् ।

उनका अनुसार दाँतमा अड्केको खाना टुथपिकले निकाल्न खोज्दा ती फोहोर अझ भित्र पस्न सक्छ । ननिस्केपछि टुथपिक दाँतको भित्रसम्म पुर्‍याउने कोसिस गरिन्छ । त्यसो गर्दा गिँजामा घाउ लाग्न वा चल्न सक्छ । धेरै कोट्याए गिँजाबाट रगत आउन वा संक्रमण हुन सक्छ ।

त्यसैले दाँत कोट्याउन टुथपिकको प्रयोग गर्नुको साटो दाँत सफा गर्ने फ्लस पिक वा सफ्ट पिक प्रयोग गर्न उनी सल्लाह दिन्छिन् । दाँत कोट्याउने प्लास्टिक स्टिक पनि पाइन्छ । त्यसमा रबर हुनाले त्यो लचिलो हुने र गिँजामा चोट नलगाइ वा नदुखाइ फोहोर निकाल्न सकिन्छ ।

दाँत सुरक्षित राख्ने उपाय

दाँत सुरक्षित राख्न सबैभन्दा राम्ररी ब्रस गर्ने विधि जान्नुपर्छ । बच्चाका लागि फेन्ज टेक्निक, दाँत मिलेकाको लागि मोडीफाइल बास टेक्निकलगायत फरकफरक अवस्थाका दाँतका लागि विधि हुन्छ । दाँतमा रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु सबैभन्दा उत्तम उपाय हो । रोग लाग्न नदिँन निम्न उपाय गर्न सकिन्छ ।

खाना खाएपछि, राति सुत्नुअघि अनिर्वाय नियमित दाँत माझ्नसपर्छ । हामीले आएका खानाका टुक्राटाक्रि दाँतमा रहेमा रातभरीमा त्यसले उत्पादन गर्ने अम्लीय तत्वले दाँतमा लाग्ने कीराका लागि सुन्दर वातावरण बनाइदिन्छ । त्यसपछि दाँतमा संक्रमण बढ्छ । सूर्ति राख्ने। ल्वाङको तेल राख्ने बढी गर्नु हुन्न । एसिड राख्ने गर्दा गिजा तथा छालामा असर गर्छ ।

दिनभरको समयमा मानिस आफै केही खाइरहने, गफ गरिरहने, मुख चलाइरहने हुँदा संक्रमणको अवस्था कम हुन्छ । तर, राति मानिस निष्क्रिय हुने हुँदा ब्याक्टेरिया सक्रिय हुने गर्छ । सुत्नुअघि ब्रस गरेपछि पानी पिएर निदाउनु दाँतका लागि स्वस्थ्यकर मानिन्छ ।

बिहानको ब्रस उठ्नेबित्तिकै नगर्दा फरक पर्दैन । ब्रसले दाँत माझ्दा सरसर्ती माफेर कुल्ला गर्ने नभई मुखभित्र तल–माथि गर्दै करिब ४५ डिग्रीको कोणमा घुमाउँदै माझ्नुपर्न । धेरै कडा ब्रस प्रयोग गर्नुहुन्न ।

धेरै कार्बोहाइडेड भएका खानेकुराले ब्याक्टेरीयालाई एसिड उत्पादन गर्न सघाउ पुर्याउँछ । बच्चालाई सानैदेखि दन्तचिकित्सककोमा लगेर दाँतको उपचार र रेखदेख गर्न सिकाउनुपर्छ । स्वस्थ्यकर खानासँगै दाँतमा साना खाल्डाहरु भर्ने गर्नुपर्छ । मानिसले फोहर भयो भनेर बेस्सरी घोटेर दाँत माझेको देखिन्छ । त्यसो गर्दा खाल्डो भएर झन् बिग्न्छ ।

हरियो सागसब्जी, दूध, भिटामिन, फाइबरयुक्त पिठोको रोटी तथा घरमै बनेका खानेकुरा खाजा खाने बानी बसाल्नुपर्छ । बजारको मम, चाउमिन दाँतमा बढी टाँसिन्छ । पेट र स्वास्थ्यका लागि पनि त्यस्ता खाना योग्य हुन्न । स्कुलमा पनि दाँत माझ्ने तरिका सिकाउनु जरुरी छ ।

फ्लोराइड तत्व दाँतलाइृ अति आवश्यक हुन्छ । पानी, नून, दूधमा फ्लोराइड मिलाएर आन सकिन्छ । यो तत्व भएका अर्गानिक खाद्यपदार्थ खानुपर्छ । जिब्रोमा ६० प्रतिशत ब्याक्टेरिया हुन्छ । दाँतसँगै त्यसको दैनिक सफ गर्नुपर्छ । पानी पुगेन, पेटको समस्या हुनेको स्वास गन्हाउँछ । टुथपिकले दाँत कोट्याउनु हुन्न । विशेषखालको धागो पाइन्छ, त्यसले अड्ेका आनेकुरा निकाल्ने गर्नुपर्छ ।

दाँतको काम

दाँत मानिसको शरीरको स्वास्थयसँग जोडिएको महत्वपूर्ण अंग हो । मुखभित्र रहेको दाँत मानिसको सौन्दर्यसँग पनि जोडिएको हुन्छ । सुन्दर दाँत हुनेको हँसाईलाई सौन्दर्यशास्त्रले दन्तेमोहनी लाउने हाँसो भनिएको पाइन्छ । मुखमा रहेको दाँतको लहरको सबैभन्दा पछाडिको दाँत बुद्धिबंगाराको नामले चिनिन्छ । यो अलिक पछि नै उम्रने गर्छ ।

सबै दाँत गरेर मानिसमा जम्मा ३२ वटा हुन्छ । सबै दाँतको आ–आफ्नो उपयोग हुन्छ । अग्रभागको दाँतले खाना टोक्न्े काम गर्छ । त्यसपछि बीचकाले लुछ्ने र त्योभन्दा पछाडिका बंगाराले खाना चपाउने काम गर्छ । बुद्धिबंगाराले भने खासै काम पाउँदैन । त्यसैले पनि त्यसमा चाँडै समस्या देखिन्छ । दाँतले अनावश्यक वस्तु टोक्ने गर्द यसको स्थास्थ्यसँगै सौन्दर्यमा पनि असर गर्छ ।

दाँतको उपचार कसरी हुन्छ ?

नियमित दन्तपरिक्षण गर्ने चलनको विकास गर्नु दाँतको सुरक्षित भविष्यको विकास गर्नु हो । दाँत दुखेपछिमात्र दन्त विशेषयज्ञ वा अस्पताल पुग्ने चलनकै कारण पनि नेपाली समाजमा दाँतको समस्या जटिल बन्दै गएको छ । नियमित जाचाउनेका संख्या नगन्य छ । नियमित दाँतको परीक्षणले पनि हुने महँगो उपचार खर्चको बचत गर्छ ।

दाँत कीराले खान थालेको छ भने सामान्यखालको दाँत भरेर त्यसको उपचार गरिन्छ । जब गहिरा खाल्डामा खानेकुरा अड्किन थाल्छ त्यो बेला दाँत सरसफाइ र भराइले मात्र पुग्दैन । दाँतमा कीराले कत्तिको असर गरेको छ त्यासमा उपचार निर्भर हुन्छ ।

दीर्घकालीन दाँत भराई, दाँतमा क्याप हाल्ने र दाँत नै अर्को हाल्ने जस्ता उपचार गर्नुपर्छ । त्यसैले कम्तीमा ६ महिनामा एक पटक दाँत सफ गराउनुपर्छ । दन्तहर्ष भएर गिजा सर्छ, हड्डी खिइन थालेपछि ढिला हुन्छ ।

कीराले खाएको प्वाल टाल्न त्यसमा प्रयोग गरिने सामग्रीअनुसार पैसा लाग्छ । तीन–चारसयदेखि लाखौं लाग्ने उचारा पनि हुन्छ । त्यसमा समस्या कति जटिल छ भन्ने तथ्यले पनि खर्थको निक्र्योल गर्छ ।

दाँतको उपचारमा प्रयोग हुने अत्याधुनिक मेसिन र साम्रग्री नै महँगो हुँदा निजी अस्पताल र क्लिनिकमा उपचार केही महँगो हुन्छ । सरकारी अस्पताल वा परम्परागत सामग्रीले उपचारमा अलिक कम खर्च लाग्छ । नक्कली दाँत नै सात–आठ सयदेखि डेढ लाखसम्मको हुन्छ ।

दन्तहर्ष अवस्थाअनुसार सामान्य औषधि प्रयोगसँगै गिजाको विशेषज्ञले शल्यक्रिया गरेर समाधान गर्न सक्छन् । तर, ब्लडप्रेसर, मधुमेह लागेका विरामीलाई फरक उपचार पद्र्धति अपनाउनुपर्छ । ग्रामीण क्षेत्रमा दाँतको स्वास्थ्यका लागि सरकारी तहको सेवा नै छैन ।

सहरमा मात्र यस्तो सेवा पाइन्छ । ल्वाङको तेल, एसिड दाँतमा लगातार हालेर वरपरको मासुमै घाउ बनाउने जस्ता कार्य गर्नै हुन्न । गाउँमा झाँक्रीले कीरा झार्ने भनेर स्थानीयलाई अन्धविश्वारमा राखेको पाइन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय