बिहिबार , भाद्र ३१, २०७८

सिन्दुर लगाएको तस्बिर सार्बजनिक भएपछी गीता कपूरले दिइन् यस्तो प्रतिकृया

एजेन्सी । भारतीय कोरियोग्राफर गीता कपूर अविवाहित हुन् । उनले सिन्दुर लगाएको तस्बिर सार्वजनिक गरेपछि अहिले वलिउडमा हंगामा भएको छ । उनले हजारौं प्रश्नको सामना गर्नुपरेको छ ।

उनी आजकाल डान्स रियालिटी शो सुपर डान्सरकी निर्णायकको रुपमा छन् । सोही कार्यक्रममा जानका लागि तयार हुने क्रममा उनले रातो पहिरनमा सिन्दुर पनि लगाएकी थिइन् । तर जव उनले यो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिन् प्रश्नहरुले घेरिइन् ।

अविवाहित गीताले सिन्दुर लगाएपछि कतै उनले अचानक विवाह त गरिनन् ? धेरैले अनुमान गर्न थाले । यो फोटोको क्याप्सनमा गीताले ब्राइड भनेर ह्यासट्याग पनि सेयर गरेका कारण पनि शं’का उब्जिएको हो ।

आफ्नो फोटोले हंगामा भएपछि गीताले स्पष्टिकरण दिएकी छिन् । गीताले एक भारतीय दैनिकसँगको फोनवार्तामा आफूले विवाह नगरेको र यो सबै आफूले ‘सुपर’ डान्सर को आउँदो एपिसोडका लागि गरेको बताइन् ।

गीताले भनिन्, ‘होइन, मैले विवाह गरेको छैन । तपाईंलाई मेरो बारे थाहा छ, मैले विवाह गरिहाले पनि यो कुरा कसैलाई पनि लुकाउने छैन । म अहिले नै कसरी विवाह गर्न सक्छु, मैले केही महिना अघि मात्रै आमा गुमाएकी छु । त्यसैले यो सबै झुटो हो ।’ कसैले यो तस्बिरलाई इडिट गरेको हो त भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘यो तस्बिरमा कसैले पनि केही गरेको छैन । मैले साँच्चै नै सिन्दुर लगाएकी छु । ’

उनी थप्छिन्, ‘हो मैले सिन्दुर लगाएकी छु । यो तस्बिर डान्स रियालिटी शो सुपर डान्सरको नयाँ एपिसोडका लागि हो । यो शोको आउँदो एपिसोड बलिउडका सदाबाहर नायिकाका लागि राखिएको छ । त्यसैले म रेखा जी जस्तै तयार भएकी छु । तपाईंहरु सबैलाई थाहा छ, म रेखा जीको कति ठूलो प्रशंसक हुँ, म उनीजस्तै तयार भएकी छु । उहाँले पनि सिन्दुर लगाउनु हुन्छ त्यसैले मैले पनि सिन्दुर लगाएकी छु ।’

यतिमात्रै होइन, उनी भन्छिन्, ‘मैले पहिलो पटक सिन्दुर लगाएकी भने होइन । मैले पहिले पनि सिन्दुर लगाइसकेकी छु । म भगवान शिवको भक्त हुँ, त्यसैले हरेक सोमबार पूजा गरेपछि म सिन्दुर लगाउँछु । यहाँसम्म कि मैले होलीमा पनि सिन्दुर लगाएकी छु । त्यसैले मैले यसअघि सयौंपटक सिन्दुर लगाइसकेकी छु ।’समाचार बाटिका बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय