शुक्रबार , अषोज ८, २०७८

तपाई हल्का लक्षण सहितको संक्रमित भएर निको हुनुभएको हो भने तपाईका लागि खुसीको खबर !

तपाई हल्का लक्षण सहितको संक्रमित भएर निको हुनुभएको हो भने तपाईका लागि खुसीको खबर छ । अमेरिकाको सेन्ट लुइसस्थित वासिङटन युनिभर्सिटीका वैज्ञानिकले हल्का लक्षण सहितको संक्रमित भएर निको भएकाहरुको शरिरमा जिवनभरका लागि काम गर्ने एन्टिबडी बनेको देखिएको जनाएका छन् । उनीहरुले एन्टिवडीबारे अध्ययन गर्दा यस्तो पाएका हुन् ।

जसबाट हल्का संक्रमित निको भएपछि उनीहरूको शरीरमा एन्टिबडी उत्पादन गर्ने प्रतिरक्षा कोशिका विकास भएको देखिएको अनुसन्धानकर्ताले बताएका छन्। यो सुखद् पक्ष हो । नयाँ भेरियन्ट महामारीका रुपमा फैलिएको बेलामा यस्तो कोशिका विकास हुनु राम्रो पक्ष रहेको वैज्ञानिकहरुले जनाएका छन् । शरिरमा बनेको एन्टिवडीले जीवनभर भाइरसबाट सुरक्षित राख्न सहयोग गर्न सक्ने सम्भावना देखिएको छ।

अध्ययनमा संलग्न प्राध्यापक अली एलेबेडी भन्छन् हामीले पहिलोपटक लक्षण देखिएको ११ महिना पछिसम्म व्यक्तिमा एन्टिबडी उत्पादक प्रतिरक्षा कोशिका देख्यौं। यस्ता कोशिका सक्रिय रहे भने जीवनभर एन्टिबडी उत्पादन गर्न सक्छन्। यसलाई स्थायी इम्युनिटीको उदाहरणका रूपमा हेरिएको छ। ७७ मानिसमा गरिएको अध्ययनका आधारमा वैज्ञानिकले यो कुरा पत्ता लगाएका हुन्।

वैज्ञानिकका अनुसार संक्रमित भएको बेलामा एन्टिबडी उत्पादक प्रतिरक्षा कोशिका तीव्र गतिमा र ग तमा फैलिन्छन्, एन्टिबडीले जितेपछि सं क्र म ण ठीक हुन्छ, त्यसपछि अधिकांश कोशिका म र्छ न्, र ग तमा एन्टिवडीको कोशिका हुँदैन । तर थोरै मात्रामा एन्टिबडी उत्पादक कोशिका हड्डीको मज्जाभित्र प्रवेश गरेर बस्छन्। यहींबाट यी कोशिकाले र ग तमा एन्टिबडी प्रवाह गरिरहन्छन्। यो प्रक्रिया चलिरहन्छ। जसले जिवनभर मानिसलाई भाइरसवाट जोगाउन मद्दत गर्न सक्छ । वैज्ञानिकहरुले यसवारेमा थप अध्ययन पनि जारी राखेको नेचरमा प्रकाशित सामग्रीमा जनाइएको छ। Nepaliviralnews बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय