शुक्रबार , अषोज ८, २०७८

१४ वर्षको बालकमा अच्चमको शक्ति, आँखा बन्द गर्न बितिकै कसरि पुग्छन अर्को ठाउँ ?

यो पनि पढ्नुहोस : कृषि क्षेत्रलाई आधुनिकीकरण तथा व्यावसायीकरण गरी उत्पादनशिल अर्थतन्त्रको प्रमुख आधारको रुपमा विकास गरिनेछ। कृषि उपजको मूल्य श्रृङ्खलाबाट उत्पादक किसान लाभान्‍वित हुने व्यवस्था गरिनेछ। कृषि उत्पादनको विविधिकरण एवम् विशिष्टीकरण मार्फत उत्पादकत्व अभिवृद्धि गरी नागरिकको खाद्य एवम् पोषण अधिकार सुनिश्‍चित गरिनेछ। कृषियोग्य जमिनको चक्लाबन्दी गरी कबुलियती, सामूहिक र करार खेती गर्न प्रोत्साहित गरिनेछ।

२. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रभावकारिता वृद्धि गरिनेछ। कृषि बाली, मत्स्य र पशुपन्छी उत्पादन लगायतका थप ७१ जोन सञ्‍चालनमा ल्याइनेछ। रवर खेतीको प्रवर्द्धन गर्न रवर जोन सञ्‍चालनमा ल्याइनेछ। पकेट क्षेत्रमा कम्वाइन्ड हार्भेष्टर, पावर टिलर, कल्टिभेटर, रोटाभेटर, हारो लगायतका उपकरण खरीद गर्न स्थानीय तहलाई सशर्त अनुदान उपलव्ध गराइनेछ। आयोजना क्षेत्रका कृषकलाई

प्राविधिक सहयोग उपलव्ध गराउन कृषि विषयका स्नातक तहमा अध्ययनरत ३ सय विद्यार्थीलाई इन्टर्नको रुपमा खटाइनेछ। सबै जिल्लाका कृषि ज्ञान केन्द्रमा कृषि स्नातक उत्तीर्ण गरेका एक-एक जना प्राविधिकलाई एक वर्षको लागि करारमा लिई खटाइनेछ। यस परियोजना कार्यान्वयनका लागि रु. ७अर्ब ९८ करोड विनियोजन गरेको छु।

३.उपयोगमा नआएका सरकारी कृषि फर्म र बाँझो जमिनमा व्यावसायिक खेती गर्न निजी क्षेत्रलाई लिजमा दिने नीति अवलम्बन गरिनेछ। पहाडी क्षेत्रका भोजपुर, नुवाकोट, बैतडी लगायतका जिल्लामा फलफूल र हिमाली क्षेत्रका मनाङ्ग, मुस्ताङ, म्याग्दी, डोल्पा लगायतका जिल्लामा व्यावसायिक पशुपालनका लागि निजीक्षेत्रलाई प्रोत्साहन गर्न बजेट व्यवस्था गरेको छु।

४. कृषियोग्य भूमिको वर्गीकरण एवम् माटो परीक्षण गरी भौगोलिक एवम् मौसमी अनुकूलताको आधारमा बाली लगाउन प्रोत्साहन गरिनेछ। माटो जाँच प्रयोगशालाको क्षमता अभिवृद्धि गरी डिजिटल स्वायल म्यापिङ्ग प्रणाली कार्यान्वयनमा ल्याइनेछ।

५. विद्यमान कृषि अनुदान प्रणालीलाई पुनरावलोकन गरी कृषक, कृषि उद्यमी, कृषक समुह र सहकारी संघ संस्थालाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान प्रदान गरिनेछ। इजाजत प्राप्‍त विक्रेताबाट उन्‍नत बीऊ खरिद गरी रोपण गर्ने कृषकलाई मूल्यको ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था मिलाएको छु। कृषिको यान्त्रिकरणका लागि कृषि औजार तथा कृषि उपकरण र सोको पार्टपुर्जाको आयातमा दिइएको कर तथा महसुल छुटको दायरा तथा प्रतिशत वृद्धि गरेको छु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय