शनिबार , अषोज ९, २०७८

सन्तोष देउजालाई यति ठुलो सफलता, १० वर्ष मलेशियामा हराएका श्रीमान सम्पर्कमा, अब ४ महिना भित्र घर आउछु ,(भिडियो हेर्नुहोस)

रुमाल आकारको चटक मिलेको दस बिघाको कम्पाउन्ड। भित्र पस्दा निलोजस्ता पाताले छाएका आकर्षक घरहरू। घरनजिकै हरिया घाँसपातले झनै आकर्षक छ। दैलोमा फूलहरू फुलका छन्। फूलको मगमग आउने बासनाले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ।

दैलोभित्र पस्दा गाईका बथान छन्। गाई बाँ बाँ गरिरहेका छन्। गाईको बथानमा बाछाबाछीहरू पनि छन्। गाईको स्याहारसुसारमा दुई दर्जन मानिस व्यस्त छन्। कोही गोबर सोहोर्दै छन् त कोही गाईलाई पोसिलो आहार खुवाउँदै छन् अनि कोही गाई दुहुँदै छन्।

महोत्तरीको गौशाला–३ नवराजपुरस्थित निगौल गाई गौशालाको गोठमा पुग्दा कुनै निजी गाई फर्मजस्तो देखिन्छ तर त्यसो होइन। गाईको बथानलाई संरक्षण गर्न नेपाल सरकारको मातहतमा रहेको राष्ट्रिय सहकारी बोर्डले गाईपालनको काम गरिरहेको छ। जहाँ १ सय ५८ वटा उन्नत

जातका गाई, बाछा, बाछी, साँढे पालिएका छन्। गाईले दैनिक १ सय ५० लिटर दुध दिन्छन्। स्थानीयहरूले गोठबाटै प्रतिलिटर ६० रुपैयाँमा दुध किनेर लैजान्छन्। गौशाला–५ मा पुरानो अर्को गाई गोठ पनि छ। ९५ वर्ष पुरानो गोठमा १ सय ५० बढी गाई, बाछा, बाछी रैथाने जातका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय