शुक्रबार , अषोज ८, २०७८

नियमित उडान खोल्यौं नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदेऊ’ : राजदुत पाण्डे

मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नियमित उडान शुचारु गर्न सरकारलाई आग्रह गरेका छन् । मलेसियामा रहेका नेपालीहरु श्रमिकहरु स्वदेश फर्कन नसक्दा समस्यामा रहेको भन्दै उनले नियमित उडान खोल्न नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदिन सरकारसंग आग्रह गरेका छन् ।

रोलिङ्ग कर्मशील विदेशले गरेको आयोजना गरेको “कोभिड: वैदेशिक रोजगारीमा रहेकाहरुको चुनौती” विषयक वेबिनार कार्यक्रममा बोल्दै राजदुत पाण्डेले यस्तो आग्रह गरेका हुन् ।

हरेक हप्ता ५ सय जनाको करार अवधि सकिन्छ, उनीहरुको उडान हुन नसक्दा समस्यामा छन् राजदुत पाण्डेले भने ‘विभिन्न जेलबाट छुटेकाहरु तोकिएको समयमा नेपाल फर्कन नपाए उनीहरूलाई १० हजार रिंगेट जरिवाना र जेल जानुपर्ने अवस्था छ।’

सरकारले विदेशबाट समेत आवश्यक सामाग्री संकलन गर्न निर्देशन दिएसंगै विभिन्न संस्थाहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् हाल २५/३० टन भैसक्यो उनले भने ‘यो समाग्री पनि उडान बन्द हुँदा नेपाल पठाउन सकिएको छैन ।’

मलेसियाम कोरोनाको दोश्रो लहर बढ्दै गएकोले हाल दैनिक ६ हजार संख्यामा थपिएका उनले बताए । कोभिड -१९ संक्रमणका कारण मलेसियामा ९ जना नेपालीको मृत्यु भएको उनले बताए । अहिलेसम्म विभिन्न कम्पनीमा कार्यरत ५ हजार नेपाली संक्रमित भएका राजदुत पाण्डेले जानकारी दिए ।

मलेसियाम रोजगारीमा रहेका ३६ जनाको मृत्यु भएको छ उनीहरुको शव नेपाल लैजान सकिएको छैन राजदुत पाण्डेले भने ‘कम्तिमा हप्तामा एक १ वाइडवडी मलेसिया पठाईदिए उक्त शव पठाउन सहज हुने थियो । यो सामाग्री साझा सवाल बाट साभार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय