शुक्रबार , अषोज ८, २०७८

पुष्कर खतिवडालाई औषधी नबनाउन दबाब, को*रोनाको लागि काम गरेपछि बिरामीहरुको हजारौँ फोन र घरमै लाईन (जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस् देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ-तेको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशभर सामान्य बदली रहेको छ। महाशाखाले जारी गरेको बुलेटिनमा मंगलबार बिहानदेखि नेपालमा पनि ताउ-तेको असर देखिएको जनाएको छ।

मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन,चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात,वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन,चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात, वर्षाको सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय