शनिबार , अषोज ९, २०७८

पशुपति शर्मा र सम्झना भण्डारीको गितलाई युटुवले दियो उत्कृष्ट स्थान, रातारात भाईरल (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायक तथा सर्जक पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा नयाँँ गीत “सारङ्गी र्‍याई र्‍याई” सार्वजनिक भएको छ ।

गायक शर्माकै शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई पशुपति शर्मा अफिसियल युट्युब च्यानलबाट डिजिटल बजारमा ल्याएका हुन् । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा गायक पशुपति शर्मा र मोडल करिश्मा ढकालको अभिनय देख्न सकिन्छ ।

पछिल्लो समय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको सहकार्य निकै नै बाक्लिएको छ । गतबर्ष बजारमा आएको स्याङ्जा जाने बाटैमा तनहुँ , कान्छि बुहारी, मेरो माया वसेको ठाऊमा बत्ति वाल्न पर्दैन त्यो गाऊमा लगायत थुप्रै गीतहरुलेे पनि लाखौ दर्शक स्रोताको मनमा बस्न सफल गीत बनेको थियो ।

सम्झना भण्डारीको आवाजमा रहेका धेरै गितहरु निकै चर्चाको शिखरमा छन् उनि पछिल्लो समयकि एक चर्चित व्यस्त गायिका मध्येकी गायिका हुन, उनको आवाजका फ्यानहरु धेरै छन् , यो गित पनि टिकटकमा निकै रुचाईको छ भने युटुवमा पनि अत्यन्तै भाईरल वनेको छ , यो न्युज तयार पार्दा सम्म गित युटुव ट्रेडिगको #२ औं स्थानमा छ |गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय