बिहिबार , अषोज ७, २०७८

गरिब , दुखीका हिरो पत्रकार मोहन बस्नेतको आज जन्मदिन। प्रधानमन्त्री ओलिले फोन गरेरै दिए बधाई

प्रविधिको विकास संगै युट्युब पत्रकारिता गर्ने पत्रकारहरुको संख्या पछिल्लो समय बढ्दो छ। अधिकांश पत्रकारहरूले राम्रो गरिरहेका पनि छन् । यस्तै राम्रो कार्य गर्ने पत्रकारमा पर्छन् मोहन बस्नेत।

नेपाल अपडेट नामक युटुब सन्चालन गरि दुखी, गरिब एवम् प्रतीभावान व्यक्तिहरुको कथालाई मोहनले बाहिर ल्याउने काम गरिरहेका छन् । उनले हजारौं गरिब दुखीलाई सहयोग गरिसकेका छन् ।

बस्नेतको जन्म २०५२ बैशाख २६ गते बुवा मीन बहादुर बस्नेत र आमा पबित्रा बस्नेतको कोख बाट गुल्मी जिल्लाको भाडगाउंमा भएको थियो। मोहनले टिभी हुँदै आफ्नो पत्रकारिता यात्रा सुरु गरेका हुन् । उनले टिभीमा समेत केही समय काम गरे।

पछिल्लो केही वर्षयता भने युटुब मार्फत पत्रकारिता एवम् समाजसेवा गर्दै आएका मोहनले प्रधानमन्त्री केपी शर्मा ओलीको मुखबाट प्रशंसा पाएका थिए। उनी सम्माननीय राष्ट्रपतीज्यू मार्फत जनसेवाश्री पञ्चम श्रेणीबाट विभुषित पनि भएका थिए।

नियमित नयाँ नयाँ प्रतिभा, दिन दुखीलाई सहयोग गर्दै मिडियामा ल्याउँदै आएका उनको आज जन्मदिन परेको छ। उनलाई सामाजिक संजाल फेसबुकमा शुभकामना दिनेको ओइरो समेत लागेको छ। हाल उनका लाखौं शुभचिन्तक बढेका छन् ।

सेवा नै धर्म हो भन्ने उदेश्य बोकेर पत्रकारितामा अगाडि बढिरहेका मोहनको पहिचान पछिल्लो समय एकदम उचाइमा चुलिएको छ। उनी दुखी, गरिब एवम् पिडित मानिसहरुको आँखामा भगवान् बनेर बस्न सफल समेत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय