शनिबार , अषोज ९, २०७८

२ वर्षदेखी हराएको श्रीमान झापामा तरुनीसँग म’स्ती गर्दै , मेरो ज्यान जाला तर म श्रीमान छोडदिन

झापाको रमला राई अहिले न्यायको खोजि गर्दै मिडियासमू आएकी छिन्। रमला राई र रबिन रोकाको प्रेम बिबाह भएको ७ बर्ष भयो। बिहे पछि ६ बर्षको छोरा छ। बिहेपछि कामको शिलशिला विदेश गएका श्रीमान नेपाल आएपछि परिवारलाई वास्ता नगर्ने , छोराको हेरविचार नगर्ने भएपछि उनि मिडिया मा आएकी हुन्। पहिले प्रेममा बस्दा रमलालाई जातमा ठगेर रबिनले बिबाह गरेका रहेछन।

रमला भन्छिन , बिहे गरेर घर आएपछि घरपरिवार को मान्छेले हामी यस्तो जातको मान्छे हो भनेपछि मात्र मैले तल्लो जातको भन्ने थाहा पाए। आफ्ना दाजु भाई आमाबुबालाई नटेरी म भागेपछि अब जस्तो भएपनि जे भएपनि राम्रो संग यसैसंग घर गरेर खान्छु भनेर बसेको थिए , तर श्रीमानले अहिले अर्को बिहे गरि बसेका छन्। आज भन्दा २ बर्ष अगाडी पनि रबिनले केटि भगाएर भारत लगेका थिए।

भारत गएपछि नागरिता र पासपोर्ट हराएपछि नेपाल आएका रबिन फेरी भारत गए। भारत गएपछि एक पटक जम्भू कास्मिर छु भनि फोन गरेका थिए। मैले थाहा पाए अनुसार श्रीमान गुजरात रहेछन। म उसैको घरमा बसेपनि मलाई हेरेको छैन , छोरा पढ्ने भैसक्यो। मैले पढाउन सकेको छैन , उसले मलाई गर्ने माया देखावटी रहेछ , उसले आफै भन्छ मैले अर्की बिहे गरेको नै हो तैले के गर्न सक्छेस गर। तलाई डिभोर्स चाहिए ५/१० बर्ष बस भन्छ। मेरो खर्च सबै माइतीले हेरेका छन्।

श्रीमानको खिजो गर्दै रमला मिडिया मा आए लगत्तै उनका श्रीमान अहिले सम्पर्कमा आएका छन्। उनले भेटमा भने मैले दुई वटा श्रीमती पालन सक्दिन। भने पछि रमला का आमा छोराको रु’वाबासी चलेको छ। आमा रुदा छोराले आशु पुछ्दै आमा नरुनु म छु नि भनेका छन् भने , रबिन कि कान्छी श्रीमती श्रीमान सहित जेल जान पनि तयार छु तर म श्रीमान छोड्दैन भनेकी छिन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय