शनिबार , अषोज ९, २०७८

के कोच तृष्णाको गलत निर्णय भएको हो, भ्वाइसबाट बाहिरिए पछी सन्तोष यस्तो भन्छन् (हेर्नुस् भिडियो)

नेपालको चर्चित रियालीटी सो कुन हो भनेर कसैले सोध्यो भने सबैको जवाफ आउछ ‘द भोइस अफ नेपाल’ । अहिले ‘द भोइस अफ नेपालको तेस्रो संस्करण चलिरहेको छ । ब्ल्वाईड अडिसन सकेर ब्याटल राउण्ड चलिरहेको भोइसको अहिले १३ औ भाग सकिएको छ । भोइसमा प्रमोद खरेल, दिप श्रेष्ठ, राजु लामा र तृष्णा गुरुङ रहेका छन् ।

चर्चित रियालिटी शो भोइस अफ नेपाल सिजन ३ को १३ औ भाग बिबादित बन्यो । हुन त रियालिटी शो हरुमा बिबादहरु आईरहन्छन तर १३ औ भागको ब्याटल राउण्डमा कोच तृष्णाको डिसिजनको कारणले बिबादित बन्यो । कोच तृष्णाको डिसिजनले धेरै दर्शकको मन आक्रोशित बनायो । अधिकाश दर्शकहरुले कोच तृष्णाको निर्णय क्षमतामा प्रश्न उठाएका छन् ।

ब्लाईण्ड अडिसनमा ‘मुसु मुसु हासी देउ’ गीत गाएर कोच तृष्णाको टिममा परेका सन्तोष कुमार बानिया र ‘साझको बेला रमाईलो बेला’ बोलको गीत गाएर कोच तृष्णाको टिममा परेकी श्रेया नेपाल ब्याटल राउन्डमा संगै परे । ब्याटल राउण्डमा दुबै जनाले ‘कान्छी हे कान्छी’ गीत गाए । दुबै जनाले नाच्दै गीत गाएको देखेर धेरै दर्शकहरु उत्साहित बने । वान्स मोर वान्स मोरको माहोल नै बन्यो । यति मात्र नभएर ३ जना कोच कुर्सी बाट बाहिर निस्किएर छमछमी नाच्न थाले, कोच दिप भने कुर्सीमा बसेर आनन्द लिगे ।

गीत दुबैको राम्रो थियो । कुनै सबै कोचले दुबैको तारिफ गरे । दुई जनामा को रोझ्नुहुन्छ भन्ने होस्ट सुशील नेपालको प्रश्नमा कोच प्रमोद, दिप र राजुले मिल्ने भए दुबैलाई रोज्ने बताए । सन्तोषले भने सबै कोचबाट राम्रो प्रतिक्रिया पाए, प्रसम्सा पाए । तर तृष्णाले श्रेयालाई छानिन । जब कोच तृष्णाले श्रेयालाई अघि लैजाने निर्णय लिगिन । त्यसपछी दर्शकको कमेन्ट ओईरियो धेरैले तृष्णालाई गाली गर्न थाले ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय