बिहिबार , अषोज ७, २०७८

चीनले लगायो बिर्सिन नसकिने गुण: नेपालमा को*रोना सं*कट रोक्न चीनले गर्यो यतिठुलो सहयोग !(भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्:देशले धान्नै नसक्ने गरी व्यापार घाटा तीव्र रूपमा बढिरहेको छ। औद्योगिक उत्पादन र रोजगारीका अवसरहरू अत्यन्त न्यून भएका छन्। धनी मानिसहरू धनी हुँदै छन् भने गरिब झनै गरिब हुँदै गइरहेका छन्।

कृषिप्रधान देशमा वाह्य मुलुकबाट कृषिजन्य वस्तु आयात भइरहेको छ। सिद्धान्त अनुसार जुन देशमा घरजग्गाको मूल्य बढ्छ त्यो देशमा कालोधन कमाउने बढी भएको भन्ने बुझिन्छ। त्यसै अनुरूप नेपालमा घरजग्गाको मूल्य बढेको बढ्यै छ।

देशले लामो राजनीतिक संक्रमणको अन्त्य भई राष्ट्रको समग्र आर्थिक, सामाजिक क्षेत्रको विकास गर्ने अद्भुतपूर्व अवसर प्राप्त गरेको थियो। तर, सरकारले त्यसको सदुपयोग सही तरिकाले गर्न नसक्दा नेपाल आर्थिक हिसाबले गम्भीर मोडमा पुक्न लागेको छ।

विदेशी ऋण वर्षेनि बढ्दो अवस्थामा छ। नेपालको कुल व्यापारमा ९२ दशमलव १२ प्रतिशत आयात रहेको छ भने ७ दशमलव ८८ प्रतिशत निर्यात रहेको छ। यसले पनि के स्पष्ट पार्छ भने नेपालमा व्यापार घाटाको अवस्था भयावह हुँदैछ।

देशका सबै नागरिकको प्राथमिक आकांक्षा आर्थिक समृद्धि नै हो। तर, पनि सरकारले वर्तमान राष्ट्रको समृद्धिको मार्गचित्र कस्तो हुनुपर्छ ? आर्थिधक कसरी निर्यात घटाउन सकिन्छ ? लगानी प्रवद्र्धधनको लागि निजीक्षेत्रमैत्री वातावरण भएको छ वा छैन ? कर्मचारी तन्त्रले नीति क्षेत्रलाई कत्तिको दुख दिने गरेको छ ? भन्नेलगायत विषयमा सरकार गम्भिर हुनुपर्नेमा सरकार सत्ता बचाउनै केन्द्रित रहेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय