शनिबार २४ मंसिर २०७९

दिदीभाई जस्तै देखिने आमाछोरा संगै स्कुल जान्छन,जताततै चर्चा यि आमा छोराको (भिडियो हेर्नुस)

कञ्चनपुरकी पार्वती सुनार अहिले २७ बर्षकी भईन । उनको छोरा रेशम सुनारको उमेर ११ बर्षको छ । पार्वती छोरा रेशम संगै स्कुलमा पढ्न जान्छिन । छोरा रेशम कक्षा ६ मा पढ्छन् भने आमा पार्वती ७ कक्षामा पढ्दैछिन । पार्बती यसै बर्ष कक्षा ८ मा कञ्चनपुरको पुर्नबासको जिवन ज्वती माध्यमिक बिद्मालयमा भर्ना भएकी हुन ।

६ बर्षकै उमेरमा स्कुल पढेकी पार्बती १५ बर्षको हुदा कक्षा ८ मा पढ्थिन । कक्षा ८ मा पढ्दै गर्दा १५ बर्षकै कलिलो उमेरमा उनको बिहे भयो । बिहे भएपछि पनि पार्बती स्कुल जान चाहान्थिन तर श्रिमान ऋणमा चुर्लुम डुबेका थिए । श्रिमान संगै धन कमाउन भारत लागिन । करिब ११ बर्ष भारतमा काम गर्दा मोटामोटी ऋण तिरिसकेपछि यति खेर उनि नेपाल आई स्कुलमा भर्ना भएकी हुन ।

अहिले उनि छोरा संग स्कट लगाई स्कुल जान्छिन । यसो हेर्दा दिदि भाई जस्तै देखिने गर्छन उनिहरु । सुरु सुरुमा स्कुलमा बिद्यार्थीहरुले जिस्काए पनि अहिले सबैले पार्बतीलाई बुझ्दै आईरहेका छन् । बिद्यालयले पनि पार्वतीलाई प्रोत्साहन स्वरुप १० कक्षा सम्म निशुल्क पढ्ने ब्यवस्था गरेको छ । अहिले पार्वती धेरै खुसी छिन । उनै पार्वती सुनार संग गरिएको यो कुराकानी हेर्नुहोस (भिडियो)


Last Updated on: August 19th, 2022 at 8:59 am
४४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया