सोमबार , असार २०, २०७९

अभिनेत्री सुनिशा बजगाईं र राज हास्दा-हास्दै, नाच्दा-नाच्दै बिहे सकिएपछि [ तस्वीर ]

अभिनेत्री तथा मोडल सुनिशा बजगाईं र कलाकार राज आचार्य आज विवाह सम्पन्न भएको छ । उनीहरुको विवाह यति रमाईलो देखियो की हास्दा हास्दै र नाच्दा नाच्दै बिहे सकिएको छ । उनीहरु हरेक क्षण नाचिरहेका देखिन्थे । प्रेम विवाह भएकै कारण हुनुपर्छ उनीहरु एकदम नै उत्साहित थिए । मंगलवार कालोपुलस्थित शुभम् पाटी प्यालेसमा हिन्दू परम्पराअनुसार उनीहरुको विवाह भएको थियो करीब डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरुको विवाह समारोहमा दुई पक्षका परिवार र आफन्तका साथै केही कलाकारहरुको पनि उपस्थिति रहेको थियो ।

उनीहरुको विवाह समारोहमा चर्चित कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा सहभागी भएका थिए । राजले बाल्यकालमा चर्चित हाँस्य टेलिभिजन सिरियल ‘तीतो सत्य’मा अभिनय गरेका थिए । त्यसबेलादेखि उनी बाल्यकालदेखि नै दीपक–दीपा र निर्मलसँग नजिक थिए । राज, चर्चित हाँस्य कलाकार शंकर आचार्यका छोरा हुन् । उनी अमेरिकामा चार्टर्ड अकाउन्टेन्ट (सिए) को पढाइ पूरा गरेर नेपाल फर्किएका हुन् ।

सुनिशाले दर्जनौं म्यूजिक भिडियोसँगै दुई चलचित्र ‘प्रसाद’ र ‘इन्टु मिन्टु लण्डनमा’मा सहायक अभिनेत्रीको रुपमा अभिनय गरेकी छन् । टिकटकबाट दर्शकमाझ चिनिएकी उनले राज आचार्यसँग केही म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छन् । यो जोडीले बुधवार रिसेप्सन पार्टीको आयोजना गरेको जानकारी प्राप्त छ । विवाहभन्दा अगाडि उनीहरुले एकसाथ ब्याचलर पार्टी मनाएका थिए ।

यस्तै,,जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन् । यसको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ । ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे बैठक हरेक वर्ष हेबेई प्रान्तको रिसोर्ट सहरमा आयोजना गरिन्छ ।

बैठकमा अघिल्लो पुस्ताका चिनियाँ नेता मुख्य घरेलु मुद्दामा अनौपचारिक वातावरणमा भेला हुन्छन् । यो बैठक हरेक वर्ष जुनको अन्त्यदेखि अगस्टको सुरुमा बस्छ । टेस्ला कारमा जडान गरिएका क्यामेराले जासुसी गर्न सक्ने आशंकामा प्रतिबन्ध लगाइएको जनाइएको छ । टेस्लाको तेस्रो मोडलमा ८ ओटा क्यामेरा तथा मिलिमिटर–वेभ राडार र १२ अल्ट्रासोनिक सेन्सर जडान गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय