बुधबार , जेठ ४, २०७९

राजकुमार सोडारी द्धारा माओवादी केन्द्र परित्याग, एकिकृत समाजवादि बाट वडा अदक्ष्य लड्दै

नेकपा माओवादि केन्द्र मंगलसैन नगर कमिटी अध्यक्ष तथा पाटि जिल्ला समन्वय कमिटि सदस्य समेत रहनुभयका राजकुमार सोडारी क. राजिवले पार्टि परित्याग गरेकाछन् । २०५६ साल देखि नेकपा माओवादि केन्द्रमा कालागाउँ गाबिस बाट सक्रिय सदस्य रहदै आउनुभएका सोडारीेले माओवादि केन्द्र परित्याग गरेको घोषणा गरेकाछन् ।

प्रवासमा करिब ४/५ बर्षको लामो बसाइँ लाई बिट मार्दै ५ बर्ष पहिले नेपाल फर्किएका सोडारी प्रवासमा रहि अखिल नेपालि एकता मञ्च (गुजरात महाराष्ट्)सुयुक्त राज्य जिल्ला न 3 जिल्ला कमिट सचिव रहि पुर्णकार्यकाल सकेर स्वदेश फिर्ता भएका हुन् ।

२०६४ सालकाे सम्बिधान सभा चुनाबमा अहम भुमिका खेल्दै आएका राजिव सोडारीले जनताको पक्षमा रहि निष्पक्ष रुपमा काम गर्दै नेकपा माओवादि केन्द्र लाई सधै साथ समर्थन गर्दै निरन्तर लागि पर्नुभएको थियो ।

२०७९ साल ब‌ैशाख ३० गते हुन गैरहेको निर्वाचनमा नेकपा माओवादी केन्द्र मंगलसैन नगरपालिका वडा नं १४ बाट वडा अदक्ष्य पदमा जनमत सहित बलिया उम्मेदवार मध्यका राजिब सोडारी पनि एक थिए । विडम्बना भन्नुपर्छ उम्मेदवारी पाउने हल्ला हल्लामै सिमित रह्यो, वडा बाट उम्मेदवारी पाउने राजिव सोडारी, रहेका थिए । तर पार्टीको निर्णय अनुसार वडा अदक्ष्यको उम्मेदवारी पैसाको चलखेल सङ्गे टिकट नपाएपछि रुष्ट बनेका राजिव सोडारीले नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दै नेकपा (एकीकृत समाजवादी) बाट वडा अदक्ष्य लड्ने भएकाहुन् ।

पार्टीको निर्णय आफू अनुचित नभएको र माओवादि केन्द्र पाटि नेत््रत्व पैसाको चलखेलमा हाबि रहेकाले अाफु साे पाटिमा बस्न नसक्ने भन्दै सोडारीले पार्टीको कुनैपनि सदस्य नरहनेगरी पार्टि परित्याग गरेको घोषणा गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय