शनिबार , जेठ १४, २०७९

ओहो ! केकी अधिकारी पछि वर्षा सिवाकोटीले यसरी सुटुक्क विवाह गरेकी छिन्,कलाकारलाई नै निम्तो नदिइ सुटुक्क विवाह गर्नुको कारण यस्तो रहेछ (भिडियो हेर्नुस्)

आज नायिका वर्षा सिवाकोटीको बिवाह सम्पन्न भएको छ । उनको अमेरिका बस्दै आएका प्रेमी आशिष गेलालसँग बिवाह भएको हो । विवाहलाई गोप्य राखेकी वर्षाका बिहेका तस्विर भने सार्वजनिक भएका छन् ।

टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा पिन्सी आशिषको तर्फबाट जन्ती गएको बताइएको छ । विवाहमा सरिक प्रिजमाले इन्ट्राग्राममा बेहुलासँगको स्टोरी पोष्ट गरेकी छिन । विवाहमा दुवै परिवारका आफन्त र परिवारका सदस्य मात्र उपस्थित भएका थिए ।

वर्षाका जीवनसाथी आशिष इन्जियिनर हुन् । उनको घर नेपालमा बालुवाटारमा रहेको बताइएको छ । गोप्य रुपमा भइरहेको बिबाह राजधानीकै एक भिल्लामा भएको हो । विवाह समारोहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु गरी १५० जनाको उपस्थिति रहेको वर्षानिकट स्रोतले जनाएको छ ।

वर्षाको यस अघि राज कटुवालसँग नाम जोडिएको थियो । यद्यपी उनी साथी मात्रै रहेको बुझिएको छ । यस अघि नायिका केकी अधिकारीले पनि सुटुक्क बिहे गरेकी हुन् ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय