बुधबार , जेठ ४, २०७९

यिनै हुन् भाग्यमानी नेपाली जुम्ल्याहा दाजुभाइ ब्रिटिश गोर्खा सैनिकमा एकसाथ भर्ती

पोखरा। ब्रिटिश गोर्खा सैनिकमा दुई नेपाली दाजुभाइ भर्ती भएका छन् । भोजपुर ट्याम्के मैयुङ गाउँपालिका– गागनेका दाजुभाइ एकसाथ भर्ती भएका हुन् ।

पोखरामा भएको भर्ना छनौट चरण पार गर्दै दाजु धैर्यशील राई र भाइ क्रियाशील राई एकसाथ गोर्खा भर्ती भएका हुन् । दाजु धैर्यशील बीबीए सातौं सेमेष्टर र क्रियाशील बीबीएस दोस्रो वर्षमा पढ्दै थिए ।

धैर्यशील र क्रियाशीलका बुवा शिवकुमार भने छोराहरुलाई नेपाल सरकारकै अधिकृत बनाउन चाहन्थे । छोराहरु भर्ती भएर जाउन भन्ने नलागेको बताउँदै शिवकुमारले उनीहरुले आफ्नो इच्छा पूरा गरेकाले त्यसमा आफू खुशी भएको बताए ।

शिवकुमारका दाइ परिवारसहित बेलायतमै छन् । २१ वर्षीय जुम्ल्याहा दाजुभाइले लामो समयदेखि काठमाडौंकै क्लासरुपमबाट तालिम लिएका थिए ।

यसपटक ब्रिटिश गोर्खा सैनिकमा अहिलेसम्मकै बढी संख्यामा भर्ना लिएको छ ।

काठमाडौं, ५ वैशाख -विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयसस आगामी बिहीबार नेपाल भ्रमणमा आउँदैछन् । उनी भारत हुँदै नेपालको तीन दिने भ्रमणमा आउन लागेका हुन् । उनको नेपाल भ्रमणको लागि परराष्ट्र र स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी थालेको छ । उनको नेपाल भ्रमणका क्रममा कस्ता विषयलाई उठान गर्ने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु गहन छलफलमा छन् ।

कोरोना भाइरसको महामारीबाट नेपालले भोग्नुपरेको समस्या, नेपालका जनस्वास्थ्य क्षेत्रका चुनौती लगायतका विषय नेपालले उठान गर्नेछ । नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यतालिका बनेको छ ।

त्यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेट गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए ।

स्वास्थ्यमन्त्री खतिवडाको निमन्त्रणमा नेपाल आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखको भ्रमणलाई नेपालले महत्वका साथ हेरेको छ । नेपालको भ्रमणका क्रममा उनले टाइफोइड रोगविरुद्धको खोप अभियानको पनि अवलोकन गर्नेछन् ।

यसअघि कोरोना महामारीको समयमा नेपालको दुर्गम भेगमा खोप पुर्‍याउने काममा खटिएका स्वास्थ्यकर्मीको भिडिओलाई ट्वीटरमार्फत सेयर गरेका थिए । सबैको पहुँचमा खोप पुर्‍याउनुपर्ने धारणा उनको थियो ।

कोरोना महामारीको समयमा डब्ल्यूएचओले नेपाललाई कोभ्याक्स र गाभीमार्फत खोपहरू उपलब्ध गराउन सहयोग गरेको थियो । त्यस्तै कोरोना महामारीसँग लड्न विश्व समुदायलाई समेत नेपालमा सहयोग गर्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय