शनिबार , जेठ १४, २०७९

सुस्मिताकी आमा रुपन्देही अमृताको घर पुग्दा चल्यो रुवाबासी, (हेर्नुस भिडियो)

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डन (खत्री) को मृत्यु बारेमा आज पनि बिरोध प्रदर्शन भएको छ ।अमृताको बुधबार राति शंकास्पद मृत्यु भएपछि उनका माईती पक्ष तथा आफन्तले परिवारबाटै हत्या भएको भन्दै कारबाहीको माग गरेका छन् ।

कारबाही माग गर्दै उनको घरअगाडि प्रदर्शन हुँदा सो क्षेत्र तनावग्रस्त बनेको छ ।बिरोध प्रदर्शनमा सम्भावित दुर्घटना रोक्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । बुधबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।

अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको माइती पक्षको आरोप छ ।अस्पताल पुर्याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको अमृताका छिमेकी दाजु लक्ष्मण शर्माले दाबी गरे ।

‘बुधबार करिब राति साढे ८ बजेसम्म अमृता माईतमै थिइन्, ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी थिइन् ।’–माइती पक्षले भने ।

घटनाको विवरण सुनाउँदै शर्माले भने ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृत्यु भएको खबर आयो ।’ छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिंदै आएको अमृताकी आमा सावित्रा खत्रीले बताइन् ।

छोरीको ह”त्या पछि सुस्मिता कि आमा छोरी को न्याय को लागि धेरै नै लडी न। र उनले न्याय पनि पाईन । अझै पनि न्यायको लागी लडिरहेकी छिन । आज सुस्मिताको आमा पनि अमृताको घर पुगेकी छिन अब आउनुस यसै बिसयमा तयार पारिएको भिडियो हेर्नुस –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय