बुधबार , जेठ ४, २०७९

घरमा बोलाएको एक घण्टा न”बित्दै , नया बर्षको दिनमै अमृताको शं”कास्पद मृ”त्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिका वर्ष २०७९ को पहिलो दिननै अशान्त बनेको छ । तिलोत्तमा–२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डन (खत्री)को शं”कास्पद मृ”त्यु भएपछि नाराबाजी चलेको छ । अमृताको बुधबार राती आफ्नै घरमा मृ”त्यु भएको हो । बिहीबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा न”बित्दै उनको मृ”त्यु भएको माइती पक्षको दाबी छ ।

घ”टनाको विवरण सुनाउँदै शर्माले भने ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृ”त्यु भएको खबर आयो ।’ छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिंदै आएको अमृताकी आमा सावित्रा खत्रीले बताइन् ।

अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक या”तना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृ”तकका ५ वर्षीय छोरा छन् ।

अमृतालाई परिवारकै सदस्यले ह”त्या गरेर छिमेक र प्र”हरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पु¥याएको माइती पक्षको आरोप छ । अस्पताल पु¥याउँदा चि”कित्सकले अमृताको पहिल्यै मृ”त्यु भइसकेको जानकारी गराएकाले उक्त घ”टना ह”त्या नै भएको अमृताका छिमेकी दाजु लक्ष्मण शर्माले दाबी गरे । ‘बुधबार करिब राति साढे ८ बजेसम्म अमृता माईतमै थिइन्, ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी थिइन् ।’–माइती पक्षले भने ।

घ”टनाको निष्पक्ष छानबिन र दोषीमाथि का”रवाहीको माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेराउ र नाराबाजी गरेका छन् । मृ”तकका श्रीमान्, सासु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ईलाका प्र”हरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । घ”टनाको स”त्यतथ्य छा”नविन गरी दो”षिमाथि कडा का”रबाहीको माग गर्दै माईती पक्ष जाहेरी लिएर ईलाका प्र”हरी कार्यालय बुटवलमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय