बुधबार , जेठ ४, २०७९

झापाका सन्जिब बराइली संग अन्तरजातीय बिवाहा गर्दै चर्चित गायिका मेलिना राई (फोटोफिचर)

चर्चित गायिका मेलिना राई विवाहको तयारीमा छिन्। उनले सामाजिक सञ्जाल मार्फत प्रेमी सञ्जिब बराइलीसँगको तस्बिर पोस्ट गर्दै विवाहको तयारीमा रहेको जानकारी दिएकी हुन्।

उनले संजीबसँग इन्गेजमेन्ट पनि भैसकेको उल्लेख गरेकी छन्। संजीब र मेलिनाले दुई वर्ष अगाडि नै इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ। उनीहरू यसैवर्ष बिहे गर्ने तयारी समेत गरेका छन्।

सञ्जिब नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन्। बिर्तामोड घर भएका सञ्जिब लामो समयदेखि काठमाडौंमा बस्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय